आसन्न दुर्गा पुजाको अवसरमा सुरक्षा निकायको समन्वय र सहकार्यमा र्याली , मुर्ति बिसर्जन हुने
करण बाडिया – नेपालगन्ज – नेपालगन्ज अहिले सुरक्षा निकाय दुर्गा पुजा र नेपालीहरुको महान चाड दसैंलाई लक्ष्यित गरी सुरक्षा ब्यवस्था कडा बनाएको छ । शनिबार नेपालगन्जको दुर्गा पुजा समिति र लाठी समिति सङ सुरक्षा प्रमुखहरूसंग सहकार्य गरेर सदभाव पुर्ण तरिका बाट र्याली निकाल्ने । लाठी समितिका पदअधिकारीहरु संग आसन्न दुर्गा पुजा , लाठी समितिको शस्त्र पूजन दुर्गा माताको मुर्ति विसर्जनको दिन लाठी खेल शांतिपूर्वक प्रदर्शन गरी सम्पन्न गर्ने गरी सहमति भयो । मूर्ति विसर्जन रुट पुरानै नै रहने गरि शान्ति पुर्बक र्यालीको आयोजना गर्ने प्रतिबद्धता समितिले गरेको छ । त्रिभुवन चौक , त्रिवेनिमोड , न्यु रोड , धम्भोजी चौक , घरबरी टोल , बागेश्वरी मन्दिर , त्रिवेनिमोड , वडा प्रहरी ,फ़ुल्टेक्रा हुँदै राप्ती नदी सिधानिया घाटमा पुगेरा मुर्ति विसर्जन गराउने सहमति भएको छ । सो अवसरमा वडा प्रहरी कार्यालयका ईन्चार्ज एवं प्रहरी निरीक्षक हरि बहादुर विसि , धार्मिक सद्भाव समितिका अध्यक्ष दीपक लोध , वारिष्ट सल्लाहकार पंकज कनोजिया , जय श्री राम क्लबका अध्यक्ष राज कुमार वैश्य , जय माँ ज्वाला क्लबका अध्यक्ष गौरव कनोजिया , प्रशिक्षक सुरेन्द्र सिंह बाडिया , पत्रकार रिसब सिंह बाडियाा लगाएतको उपस्थिति रहेकोे थियोे । 


