१४ जेष्ठ २०८३, बिहीबार

इजरायलले खोल्यो नेपाली जनताको लागि जागिर

एसीपी संवाददाता

१४ जेष्ठ २०८३, बिहीबार ०९:३८ मा प्रकाशित

इजरायल जाने कामदारका लागि आवेदन खुलेको छ ।  वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्र (Long Term Care Facilities) मा नेपाली सहायक कामदारका लागि आवेदन खुलाएको हो ।

विभागले इजरायल जानका लागि २३०० जना कामदार माग गरेको छ । जसमा महिला ६०% र पुरुष ४०% माग गरिएको छ ।

रोजगारीको तलब ६५४३.५८  इजरायली मुद्रा रहेको छ अर्थात नेपाली ३ लाख ४६ हजार रुपैया रहेको छ । काम गर्नुपर्ने हप्ताको ६ दिन साथै ओभरटाइमको व्यवस्था गरिएको छ ।

अनलाइन आवेदन यहि जेठ १७ गतेदेखि सुरु हुनेछ भने आवेदन दिने अन्तिम मिति असार ०७ गतेसम्म रहेको उल्लेख गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x