३१ असार २०८३, बुधबार

समुदायको सक्रिय आवाजले मात्रै लैंगिक हिंसा रोकथाम सम्भव

एसीपी संवाददाता

१८ असार २०८२, बुधबार १३:३१ मा प्रकाशित

२०८२,असार १६ गते ।
लैंगिक हिंसा विरुद्धको संघर्षमा समुदायको सक्रिय आवाज अत्यन्त आवश्यक रहेको नेपालगन्जमा आयोजित कार्यक्रममा सहभागीहरूले जोड दिएका छन्। लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा र नारी विकास केन्द्र बाँकेको समन्वयमा आज नेपालगन्जमा गरीएको लैंगिक हिंसा निवारण तथा लैंगिक समानता र समावेशीकरण सम्बन्धी तालिम उदघाट्न कार्यक्रमका तस्विरहरु ।

सहभागीहरूले घरबाट सुरु भएको आवाज समुदायसम्म पुगेर मात्र बलियो र प्रभावकारी बन्न सक्ने बताएका छन्।
कार्यक्रममा सहभागीहरूका अनुसार, “लैंगिक हिंसा बढ्नुपर्ने एउटा मुख्य कारण आवाज दबिनु हो। त्यसैले आफ्नो अधिकार र भोगिरहेका समस्यालाई खुल्ला रुपमा छलफल गर्न आवश्यक छ।”
कार्यक्रमका प्रमुख अतिथि तथा यो तालिमका लागि पहलकर्ता लुम्बिनी प्रदेश सांसद मिना कुमारी श्रेष्ठले तालिम उद्घाटन गर्दै भन्नुभयो, “लैंगिक हिंसा निवारणका लागि बनाइएका नीतिहरूलाई व्यवहारमा उतार्न आवश्यक छ। समाजका जटिल समस्यालाई पहिचान गर्दै यो तालिम आयोजना गरिएको हो।”
कार्यक्रमको अध्यक्षता गर्नुभएकी लुम्बिनी प्रदेशका वरिष्ठ महिला विकास अधिकृत सम्झना कुमारी सुवेदीले भन्नुभयो,“महिलाहरूले अधिकार पहिलेको तुलनामा केही मात्रामा पाइसके पनि व्यवहारिक रूपमा अझै चुनौतीहरू छन्। आगामी दिनमा एकअर्कालाई बुझाउँदै अधिकारप्रति सशक्त बनाउनु नै लैंगिक हिंसा निवारणको वास्तविक उपाय हो।”

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका महिला बालबालिका शाखा प्रमुख पवित्रा कुमारी पुरीले भन्नुभयो , “लैंगिक समानता र समावेशीकरण जटिल विषय बन्दै गएको छ। यसमा थप गम्भीरताका साथ काम गरी वर्तमान प्रयासलाई प्रभावकारी बनाउन आवश्यक छ।”
कार्यक्रममा नारी विकास केन्द्रका कोषाध्यक्ष रचना श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रमुख प्रहरी निरीक्षक शिवा थापा, र क्रियाशील पत्रकार महिला बाँकेकी अध्यक्ष साबित्री गिरीले पनि आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
तालिममा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तिसोनारी गाउँपालिका गरी ६ वटा पालिकाका ८० महिला सहभागी थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x