१४ मंसिर २०८३, आईतवार

इटलीको भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल चिनियाँ नेता सामु लम्पसार किन ?

एसीपी संवाददाता

८ श्रावण २०८०, सोमबार ०७:०९ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य युआन जियाजुनले शिष्टाचार भेट गर्नुभएको छ ।

आइतबार भएको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । भेटमा राष्ट्रपति पौडेलले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारको उच्च तहको भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्ध अझै सुदृढ हुने बताउनु भएको छ ।

यसैबीच, नेपालको दुई दिने भ्रमणमा रहनु भएकाे चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य जियाजुनसँग इटाली भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट संवाद गर्नुभएको छ ।

संवादका क्रममा प्रधानमन्त्रीले नेपाल भ्रमणमा रहेका जियाजुनलाई स्वागत गर्नुभएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका युआन जियाजुन र प्रधानमन्त्री प्रचण्डबीच आइतबार दिउसो भर्चुअल माध्यमद्वारा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा दुई देशको आपसी हितका बिषयमा छलफल भएको सचिवालयको भनाइ छ । प्रधानमन्त्री दाहाल शनिबार संयुक्त राष्ट्रसंघको खाद्य प्रणाली सम्मेलनमा सहभागी हुन इटालीको रोम जानुभएको छ ।

चिनियाँ नेता युआन जियाजुन भने आइतबार बिहान काठमाडौं आउनु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ नेता युआन च्या च्युनबीच भर्चुअल संवाद भएको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ नेता च्या च्युनसँग इटलीको भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आइतबार भर्चुअल संवाद गर्नुभएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार च्या च्युन र प्रधानमन्त्री दाहालबीच आइतबार दिउँसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको हो ।

संवाद क्रममा प्रधानमन्त्रीले चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका च्या च्युनलाई न्यानो स्वागत गर्नुभयो । भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको थियो । ईमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x