इतरपक्षले पुनरावलोकन मुध्दा फिर्ता लिन्छ ?
ओम आचार्य
काग्रेसमा पछिल्लो समय दुर्तगतिमा राजनीतिक दृष्य परिवर्तन भइरहेको देख्न पाइएको छ!कल्पना र अनुमान गर्न नसकिने घटना घटित भइरहेको छ ! अहिले इतरपक्ष मा देउवा समुहका अति विस्वास पात्र र लामो समयदेखि देउवा क्यापमा देउवाको कवचका रुपमा देखिएका शिर्ष नेताहरु देउवाको साथ छोड्दै सस्थापन समुहमा जानु काग्रेस भित्र आस्चर्य त होला तर स्वंय देउवा आस्चर्यमा नहुनु रहस्य मानिनु थालेको छ! र त्यो इतर समुहको रणनीतिलाइ सकरात्मक रुपमा लिन थालिएको छ !अहिले सस्थापन समुह ले इतर पक्षका र मध्यममार्गी डा. शेखर कोइराला का सबै माग पुरा गरिसकेको वताउदै अव हुने पन्ध्रौ महाअधिवेशनको उद्घाटन पुर्व सभापति देउवाबाट गराउने निर्णय समेत गरेको भन्दै देउवालाइ अनुरोध गर्ने भनेका छ्न ! इतरपक्षको मागहरु मध्ये यो पनि यौटा माग रहेको थियो !
यसै विच मध्यममार्गी डा. शेखर कोइरालाले एकताको महाअधिवेशनको जोड दिदै संस्थापन र इतर समुहबाट हुने दुवै अधिवेशन स्थगित गर्दै एकताको महाधिवेशनको कुरा राख्नु र पुर्व सभापति देउवाबाट पन्धौमहाअधिवेशनको उद्घाटन गर्न अनुरोध गर्ने विसयले डा.. शेखरको भनाइ एकताको अधिवेशनमा परिणत हुन सक्ने अवस्था स्थिति सृर्जना हुन सक्ने देखिन्न्छ!
देउवाले पन्धौमहाअधिवेश उद्घाटन गर्नलाइ उन्लाइ नैतिक संकट पर्ने देखिन्छ !कथकदाचित पन्ध्रौमहाअधिवेशन देउवाबाट उदघाटन हुने भयो प्रथम त पुनरावलोकनको मुध्दा फिर्ता लिनु पर्ने देखिन्छ ! र विशेष अधिवेशनबाट आएको काग्रेसको कार्यसमीतिको अपनत्व भनौ या स्वामित्व लिएको स्विकारेको देखिन्छ !यस्तो अवस्थामा पुनरावलोकनको मुध्दा कमजोर र महत्वहिन हुन्छ र त्यो नैतिक संकट भनेकै उन्को वारेशमा सर्वोच्च अदालतमा हालेको पुनरावलेकनको मुध्दा नै हो !
अहिले डा. शेखर कोइरालाले एकताको महाअधिवेशन भनेको देउवा बाट संस्थापनले गर्ने भनेको पन्ध्रो महाअधिवेशन मीति परिमार्जित गर्दै उदघाटन गर्नु नै हो त्यस्को लागी संस्थापन ले भने जस्तै सर्वोच्च अदालतमा रहेको पुनरावलोकनको मुध्दा फिर्ता लिनु !
राजनीतिमा डा. शेखर को विशेषअधिवेशन पछी सुरु सुरुमा विरोध र ढुलमुले चरित्र भनेर आलोचित पनि भयो ! डा. शेखरले काग्रेसको संस्थापन र इतर समुह विचको विवादमा तठस्थको भुमिका निर्वाह गर्दे पछिल्लो समयमा एकताको महाअधिवेशन नभए कतै पनि सहभागी नरहने भन्दै दुवै समुहले गर्ने भनिएको महाअधिवेशन स्थगित गर्दै एकताको महाअधिवेशन गर्न जोड दिएका थिए । र डा. शेखरको भनाइको त्यो पनि सम्भावना काग्रेसमा देखिन्दै छ ! अहिले काग्रेसमा इतर समुहले पुनरावलोकनको मुध्दा फिर्ता लिदै देउवाले संस्थापनबाट गर्ने भन्एको महाअधिवेशन उदघाटन गर्नु काग्रेस एकताको लागी सर्वोत्तमा उपाय हो ।


