१० आश्विन २०८३, शनिबार

ईमरान खान गद्दार तोसाखाना बेचेको आरोप

एसीपी संवाददाता

२१ बैशाख २०७९, बुधबार ०३:४१ मा प्रकाशित

इस्लामाबाद: पूर्व प्रधानमन्त्री इमरान खान विरुद्ध तोशाखानाको दुरुपयोगको आरोपले शुक्रबार असामान्य मोड लियो जब प्रधानमन्त्री शेहबाज शरीफले इमरान खानले साउदी अरेबियाबाट नाडी घडी सहित विदेशी राज्यहरूबाट प्राप्त महँगो उपहारहरू दुबईमा बेचे भन्ने आरोप दावी गरेका छन।

प्रधानमन्त्रीको दावीलाई पूर्व सूचना मन्त्री फवाद चौधरीले सही बताँउदै आफ्नो तर्कमा आफ्नो सम्पत्ति तोशखानाबाट किनेर बेच्नु अपराध होइन भनी बताएका छन् ।

पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) नेतृत्वको सरकारका प्रवक्ता मरियम औरंगजेब र पार्टी नेता अहसान इकबालले दावी गरे कि खानले नाडी घडी मात्रै बेचेका थिएनन् . उनीहरुका अनुसार पूर्व प्रधानमन्त्रीले हार, औंठी, सुनलगायत अन्य वस्तुहरू पनि बेचेका थिए। यी बस्तुहरुमा सुनको कलाश्निकोभ र एक जीप पनि थियो भनी उनीहरुले दावी नै गरेका छन् ।

शुक्रबार वरिष्ठ पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री सरिफले पीटीआई नेता तथा पूर्व प्रधानमन्त्री खानले विदेश भ्रमणका क्रममा प्राप्त उपहारहरू बेचेको आरोप लगाए। ‘इमरान खानले दुबईको तोशाखानाबाट १४ करोड रुपैयाँको राज्य उपहार बेचेको कुरा म पुष्टि गर्न सक्छु,’ उनले राज्यका बहुमूल्य उपहारमा हिराका गहना, ब्रेसलेट र घडी रहेको आरोप लगाएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x