४ आश्विन २०८३, आईतवार

उपचारका लागि प्रियंकाले दिइन २२ करोड

एसीपी संवाददाता

६ जेष्ठ २०७८, बिहीबार १६:५१ मा प्रकाशित

बलिउड नायिका प्रियंका चोपडाले कोभिड संक्रमितको उपचारका लागि २२ करोड सहयोग गरेकी छिन् । प्रियंकाले केही दिन अगाडि भारतमा कोरोनाका कारण समस्यामा परेका मानिसहरुको सहयोगका लागि भन्दै सहयोग कोष स्थापना गरेकी थिइन् ।

उनले, अनलाइनको माध्यमबाट सुरु गरेको यो कोषमा २२ करोड भारतीय रुपैयाँ जम्मा भएको उल्लेख गरेकी छिन् । सामाजिक संजालमा यो कुराको जानकारी दिदै प्रियंकाले खुशी व्यक्त गरेकी छिन् । प्रियंकाको यो अभियानमा हलिउडका गायक–गायिका, कलाकारदेखि विभिन्न मानिसहरुले सहयोग गरेका थिए ।

साथै, उनले यो रकमले ६ हजार मानिसमा कोरोना विरुद्धको खोप लगाउन सकिने पनि उल्लेख गरेकी छिन् । उनले, यो कोषमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएकी छिन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x