उपेन्द्र यादवको आमसभाका बेला भएको हत्याकाण्डको दोषीलाई सजाय दिन माङ
१४ वर्ष अघि रौतहटको गौरमा भएको हत्याकाण्डघटनाको पीडित परिवारले दोषीलाई कारबाहीको माग गरेका छन् । गौरमा आयोजना गरेको तत्कालीन मधेसी जनाधिकार फोरमका अध्यक्ष लगाएत नेताहरु कार्येक्रममा भएको दोहोरो भिडन्तमा थुप्रैको ज्यान गएको थियो । तेस बेला उपेन्द्र यादव भागेर भारत तर्फ लुकेका थिए अहिले उनको नस्म पीडितले न लिए पनि घटनाका दोषीलाई सजायको माग गरेको हो ।
गौर हत्याकाण्ड संघर्ष समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मलेन गरेर दोषीहरुलाई कारबाहीको माग गरेका हुन् । दोषीहरुलाई कारबाही नगरे भद्रकालीमा अनशन बस्नेसमेत उनीहरुले चेतावनी दिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै गौर हत्याकाण्ड सँघर्ष समितिका संयोजक रुपसागर उपाध्यायले दोषीलाई कारबाहीकोे माग गर्नुभयो । घटना भएको १४ वर्ष बितिसक्दा पनि आजसम्म दोषीहरुमाथि कारबाही हुन नसकेको गुनासो उहाले गर्नुभयो । उहाले सरकारले घट्नामा शहिद भएकालाई शहिद घोेषणा गर्न र घाइते भएकाहरुको उचित उपचार गर्न सरकारसँग माग गर्नुभयो । गौर घटनामा शहिद भएका साथीहरुलाई सरकारको तर्फबाट शहिद घोषणा गर्न समेत उहाले आग्रह गर्नुभयो ।
घट्नाका घाइते तथा पीडित मनोजकुमार यादव राजनले घाइतेहरुको उपचार राज्यबाट हुनुपर्ने बताउनुभयो । उहाले शहिद परिवारको बालबच्चाको पालनपोशण र घर निर्माण गरिदिन सरकारसँग आग्रह गर्नुभयो ।


