१३ असार २०८३, शनिबार

ऋतिकसँग ३ घन्टा सोधपुछ

एसीपी संवाददाता

१६ फाल्गुन २०७७, आईतवार ०८:०५ मा प्रकाशित

सन् २०१६ मा नायिका कंगना रनौत र नायक ऋतिक रोशनविच इमेलको विवाद चलेको थियो । यो विवादको बिषयमा मुम्बई क्राइम ब्रान्चले शनिबार ऋतिकसँग ३ घन्टा लामो सोधपुछ गरेको छ ।

ऋतिकले मिडियासँग भने कुनै पनि प्रतिक्रिया दिन मानेनन् । भारतीय मिडियाका अनुसार, ऋतिकको बयानविच मुम्बई क्राइम ब्रान्चले कंगनासँग पनि फेरि सोधपुछ गर्न सक्नेछ ।

सन् २०१६ मा ऋतिकले सहकर्मी कंगनालाई एउटा इमेल पठाएको आरोप उनीमाथि लागेको छ । तर, ऋतिकले भने सो समय उनी अरु कोहीसँग च्याट गरिरहेको बयान दिएका छन् । ऋतिकले सन् २०१६ मा कंगनाको विरुद्धमा एफआइआर दर्ता गर्दै सन् २०१३ देखि सन् २०१४ को अन्त्यसम्म उनलाई सय वटा इमेल प्राप्त भएको उल्लेख गरेका छन् । ऋतिकले यी सबै इमले आफूलाई कंगनाले पठाएको पनि उल्लेख गरेका छन् ।अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x