एक साथ दुई मोर्चामा सहयोग गर्दै भारत सरकार
नेपालमा आएको बाढीपहिरो र रुस मा तेल अभाव लाई हाम्रो छिमेकी मुलुक भारतले नेपाल र रुस लाई खुलेर सहयोग गरेको छ । 
नेपालमा आएको बिपत्तिमा एकातिर खाद्यान्न औसधि र प्राविधिक टिम पठाएको छ भने रुस लाई संकटका बेलामा पेट्रोलियम पदार्थ पठाएको छ।
भारतबाट नेपाल आइपुग्यो सुरुङ उद्धार र फरेन्सिक विज्ञहरूको टोली
उता रुसमा युक्रेनले गरेको ड्रोन आक्रमणमा तेलको अभाव भएको बेला भारतले रुसलाई नै तेल बोकेको सैयो जहाज पठाउने निर्णय गरेको छ । नेपाल जस्तै रुस पनि भारतको सबैभन्दा ठुलो सहयोग गर्ने देश भएकोले भारत ठुलो सहयोग गर्न अग्रसर भएको हो ।
नेपाल गएको बाढीपहिरोबाट लाखौं मानिस प्रभावित हुँदा भारतले अहिलेसम्म चौथो पटक विभिन्न सामाग्री बोकेको जहाज काठमाडौं मा अवतरण भएको हो ।
रुसलाई भारतले निरन्तर सहयोग गर्ने प्रतीबध्ता ।
इन्धनको आपूर्ति प्रभावित भइरहेका बेला भारतबाट पेट्रोल बोकेको पानीजहाज रूस पुगेको छ। भारतीय पेट्रोलको खेप रूसी बजारमा प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
रूसका विभिन्न तेल प्रशोधन केन्द्रमा भएका ड्रोन आक्रमणका कारण पेट्रोल उत्पादन र आपूर्ति प्रभावित भएपछि पछिल्लो समय रूसले विदेशबाट इन्धन आयात बढाएको छ। यही क्रममा भारतबाट समेत पेट्रोल समुद्री मार्ग हुँदै रूस पुगेको हो।
रिपोर्टअनुसार अगस्ट महिनामा रूसले ठूलो परिमाणमा पेट्रोल आयात गरेको छ, जसमा एसियाली मुलुकबाट समुद्री मार्ग हुँदै आएको इन्धन पनि समावेश छ। भारतबाट आएको पेट्रोलले रूसी घरेलु बजारमा देखिएको आपूर्ति दबाब कम गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।


