एमसीसी टोलीकि उपाध्यक्ष फातिमाद्वारा सिंहदरबारमा अध्यक्ष नेपाल सहितका नेतासंग भेटवार्ता
भदौ २५ गते शुक्रबार– एसीपीन्युज । अमेरिकि सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेको छ । 
एमसिसीका उपाध्यक्ष फतिमा नेपालको चारदिने भ्रमणमा : आजै एमाले अध्यक्ष ओलिलाई भेट्ने
बिहीबार काठमाडौं आएकी सुमारसहितको एमसीसीको टोलीले सिंहदरबारमा अध्यक्ष नेपाल सहितका नेतासंग भेटवार्ता गरेको हो । भेटका क्रममा एमसीसी उपाध्यक्ष सुमारले आफु एमसीसी पारितका लागि दवाव दिन नभई यस बिषयमा छलफल गर्न र बुझ्न आएको बताउनुभएको थियो । त्यस्तै अध्यक्ष नेपालले संयुक्त सरकारको गठबन्धनमा रहेकाले एमसीसी नेपाली जनता र राष्ट्रको हितमा हुनुपर्ने र अन्यथा भए स्वीकार गर्न नसक्ने बताउनुभएको थियो ।
एमसीसीका बारेमा उठेका चर्चा परिचर्चालाई प्रष्ट पार्नुपर्नेमा उहाको जोड रहेको समाजवादी नेता गंगालाल तुलाधरले बताउनुभयो । भेटका क्रममा एमसीसीका बिषयमा उठेका बिषयमा सवालजवाफ भएको तुलाधरले जानकारी दिनुभयो ।
अफगानिस्तानमा पाकिस्तानको कठपुतली सरकार नभई स्वतन्त्र सरकार हुनुपर्ने माग
उपाध्यक्ष सुमारको टोलीले बिहीबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेको थियो भने शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवासंग भेट गर्ने कार्यक्रम छ ।


