एमसीसी बारे बोले कुलमान घिसिङ ४०० किलो भोल्टको प्रसारण लाइन जरुरी
२८ गते कात्तिक २०७८ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनाका विषयमा बोलेका छन् । एमसीसीको पक्ष र विपक्षमा बहस भइरहेका बेला शनिबार बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले ४०० किलो भोल्टको प्रसारण लाइन जरुरी रहेको बताएका हुन् ।
उनले भने, ‘रकम कहाँबाट जुटाउने सरकारको कुरा हो, तर उक्त प्रसारण लाइन आवश्यक छ।’नेपाल सरकार र अमेरिकी सरकारबीच भएको एमसीसी सम्झौतामा नेपालभित्र डबल सर्किट ४०० किलो भोल्टको ३०० किलोमिटर प्रसारण लाइन निर्माण गरिने उल्लेख छ।
जसअन्तर्गत काठमाडौंको उत्तर पूर्वमा पर्ने लप्सीफेदीदेखि रातमाटेसम्म, रातमाटेदेखि हेटौंडासम्म, रातमाटेदेखि नै पश्चिम दमौलीसम्म, दमौलीदेखि पश्चिम बुटवलसम्म र बुटवलदेखि भारतीय सीमासम्म प्रसारण लाइन निर्माण गर्नुपर्छ।
घिसिङले यो प्रसारण लाइन मुलुकको लागि अति आवश्यक रहेको बताए। एमसिसीअन्तर्गत बन्ने भनिएको प्रसारण लाइनप्रति प्राधिकरणको धारणा के होरु भनेर सोधिएको प्रश्नमा उनले भने, ‘रकम कहाँबाट ल्याउने भन्ने सरकारको कुरा हो, तर प्रसारण लाइन आवश्यक छ ।’
प्राधिकरणले अहिले देशभित्रै विद्युतको खपत कसरी बढाउन सकिन्छ भनेर गृहकार्य गरिरहेको उनले बताए।


