२१ कार्तिक २०८३, शुक्रबार
एमाले पार्टी बाट वडा अध्यक्ष बनेको थारु ब्राउन सुगर प्रयोग गर्दा कारवाहीमा
नेपालगञ्ज । ब्राउन सुगर खाँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रामचरण थारुलाई उनी आवद्ध पार्टी नेकपा एमालेले कारवाही गर्ने भएको छ ।
एमाले बैजनाथ गाउँ कमिटीको बैठकले उनलाई कारवाहीका लागि सिफारिस गरेको छ । एमाले बैजनाथ गाउँ कमिटीका अध्यक्ष इन्द्रबहादुर थापाको अध्यक्षतामा आज बसेको बैठकले पूर्व जिल्ला सदस्य समेत रहेका थारुलाई कारवाही नगर्दा पार्टीलाई नोक्सान हुने ठहर गर्दै कारवाहीका लागि सिफारिस गरेको हो ।
उनी हिजो अन्य तीन जनासहित ब्राउन सुगर खाँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय कोहलपुरले धेरै पहिलेदेखि उनको बारेमा ‘कम्प्लेन’ रहेको बताएको छ ।
Subscribe
Login
0 Comments


