२९ आश्विन २०८३, बिहीबार

ओलिले बहुमत नपाए काङ्ग्रेसले दाउ खेल्ने

एसीपी संवाददाता

२७ बैशाख २०७८, सोमबार ०८:४९ मा प्रकाशित

प्रधानमन्त्रीको विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने दुवै दलको यथावत निर्णय भएकाले विश्वासको मत नपाएपछि कांग्रेस र माओवादीलगायत दलले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनमा दाबी गर्ने समझदारी भएको नेता पुनले बताए ।
बैठकमा सहभागि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले पनि ओलीले विश्वासको मत नपाएपछि राष्ट्रपतिले धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार निर्माण आह्वान गर्ने र त्यसमा दावी गर्ने समझदारी भएको र बाँकी निर्णय त्यसपछिका बैठकले गर्ने बताए ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा दिउँसो १ बजे विश्वासको मत लिँदै छन्

यस्तै छलफलमा माधव नेपाल पक्षको निर्णय एक स्टेप अगाडि रहेको विश्लेषण गरिएको पुनले बताए । एमालेको खनाल-नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई विश्वासको मत पनि नहाल्ने र सांसद पदबाट पनि राजीनामा नदिने निर्णय गरेको छ । ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x