१४ मंसिर २०८३, आईतवार

कर्मचारीहरुलाई कार्यालय ब्यवस्थापन तालिम

एसीपी संवाददाता

६ जेष्ठ २०७९, शुक्रबार ११:०९ मा प्रकाशित

नेपालगन्ज । बासले कर्मचारीहरुकालागि एक दिने कार्यालय व्यवस्थापन तालिम गरेको छ ।
बास नेपालको आयोजनामा आज नेपालगन्जमा भएको तालिममा नागरिक सहायता कक्ष र केन्द्रीय
कार्यालयमा कार्यरत कर्मचारीहरुलाई उक्त तालिम प्रदान गरेको हो ।
बाँके र बर्दिया जिल्लाका विभिन्न स्थानीय तहहरुमा रहेर काम गरिरहेका कर्मचारीहरुलाई कार्यालय
कसरी व्यवस्थापन गर्ने, कामलाई प्रभावकारी कसरी बनाउने भन्ने बिषयमा तालिम केन्द्रीत रहेको
थियो । तालिममा कार्यालय ब्यवस्थापनका विभिन्न बिषयमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले
सहजिकरण गरेका थिए ।
तालिमको समापन कार्यक्रममा प्रतिक्रिया मन्तब्य राख्दै तालिममा सहभागि बासका लेखा अधिकृत
राष्टि बुढामगरले तालिमबाट कार्यालय ब्यवस्थापनका विभिन्न बिषयमा जानकारी हासील भएको
बताईन् । उनले तालिममा सिकेको कुरालाई कार्यक्षेत्र सँगै व्यवहारिक जिवनमा समेत लागु गर्ने
प्रतिबद्धता गरिन् । यस्तै तालिमका अर्का सहभागि नेपालगन्ज उमपहानगरपालिका वडा नम्बर १३ का
सहजकर्ता गणेश पाण्डेले तालिम पश्चात नियमित काम गराईमा सहजता र प्रभावकारीता आउने बताए । ३०
बढी कर्मचारीहरुको सहभागितारहेको तालिमको समापन बासका श्रोत ब्यक्ति मन भण्डारीले गरेका
हुन बासका  सुचना अधिकारी, हेमराज भट्टले जनाए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x