६ मंसिर २०८१, बिहीबार
” कविता ” चिडियाखानाको शेर
कविता
चिडियाखानाको शेर
ओम आचार्य
उ शेर हो
शक्तिशाली शेर
जंगलका सबै जनावरले
स्विकारे पनि नस्विकारे पनि
देशका जंगलमा
प्रधान हुनलाइ सहमतिमा
शेरहरु फेरी रहन्छन
पालै पालो शेर हुन्छन
जवान शेरहरु हुदा हुदै
बुढा शेरहरु मात्र
कुनै शेर चारआली जंगलको
कुनै शेर वर्दियाजंगलको
कुनै शेर चितवन जंगलको
शेर त हुन
तर
यि शेरको पंन्जाले काम गर्दैन
दाँत र दाँरा ले पनि काम गर्दैन
मात्र गर्जन र हुँकार निकाल्छन
बुढा शेर
यि चिडियाखानाको शेर जस्तै हुन
आफै शिकार गरेर खान पनि नसक्ने
अरुले नै आहार जुटाउनु पर्ने
त्यो अरु भित्र
कि
चितवनको शेर
कि बर्दियाको शेर
कि चारआलीको शेर पर्छन
वच्चाहरुलाइ तर्साउन
चिडियाखानको शेर
यौटा रमाइलोको लागी
गर्जन निकालेर
शेरको परिचय दिन्छन
आफ्नो पालो सकिएपछी
कुन जंगलको शेर हो
त्यही फर्काइदिने
र अर्को जंगलको शेरको पालो !
Subscribe
Login
0 Comments