१ श्रावण २०८३, शुक्रबार

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी काठमाडौँमा

एसीपी संवाददाता

६ मंसिर २०८१, बिहीबार ०७:३९ मा प्रकाशित

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी काठमाडौँ आइपुगेका छ्न  । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा द्विवेदी पाँच दिने भ्रमणका लागि आज काठमाडौँ आइपुगेका हुन् ।

नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने विशिष्ट परम्परालाई सम्मान गर्न भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, पीभीएसएम, एभीएसएम पाँच दिने भ्रमणका लागि काठमाडौं आइपुग्नु भएको हो ।

नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलका तर्फबाट उपरथी मधुकर सिंह कार्की र नेपालका लागि भारतीय रक्षा सहचरी कर्णेल वी सुब्रमण्यमले जनरललाई न्यानो स्वागत गर्नु भएको थियोे ।

जनरलले पछि नेपालका लागि भारतीय राजदूतसँग भेटघाट गरी भारत र नेपालबीचको द्विपक्षीय सम्बन्धका विषयमा छलफल गर्नुभएको थियो ।

नेपाल भ्रमणका क्रममा जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । त्यस्तै जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति सिग्देलसँग भेटघाट र कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया गरिने नेपाली सेनाले जनाएको छ। भ्रमणका दौरान उनी पश्चिम पृतना हेडक्वाटरको भ्रमण पनि गर्नेछन् ।

त्यस्तै नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ६ गते विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछन् । यस भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्रीसँग औपचारिक भेटवार्ता गर्ने नेपाली सेनाले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x