११ जेष्ठ २०८३, सोमबार

कांग्रेस सभापति देउवाले पार्टीले गरेको निर्णय सबैले मान्नुपर्ने बताए

एसीपी संवाददाता

१६ पुष २०७६, बुधबार ०९:५० मा प्रकाशित

गत साता बहुमतका आधारमा पार्टीको १४ औँ महाधिवेशन २०७७ फागुनमा गर्ने निर्णय गरेको थियो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन्।सहमतिका नाममा पार्टीलाई बन्धक बनाउन खोजिएको आरोप लगाउँदै उनले बाध्य भएर बहुमतीय प्रणालीबाट अन्तिम निर्णय गर्नुपरेको बताए।विराटनगर विमानस्थलमा बुधवार संवाददाताहरूसँग कुरा गर्दै देउवाले भने, “सहमतिका नाममा तीन-चार वर्ष कुरेँ। सहमति नजुटेपछि प्रजातान्त्रिक अभ्यासको प्रयोग गरेको हुँ। पार्टीको केन्द्रीय कार्यसमितिले गत साता बहुमतका आधारमा पार्टीको १४ औँ महाधिवेशन गामी २०७७ फागुनमा गर्ने निर्णय गरेको थियो। उक्त निर्णयको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आलोचना गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x