३ आश्विन २०८३, शनिबार
काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा पनि जारी
कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा पनि जारी छ ।
निषेधाज्ञाका क्रममा उपत्यकामा सवारी साधानको अत्याधिक चाप देखिएको छ । ट्राफिक महाशाखाले काठमाडौँ उपत्यका लगायत निषेधाज्ञा जारी भएका जिल्लाहरुमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भएको जनाएको छ भने चेकजाच पनि कडाईका साथ गरिएको जनाएको छ । मंगलबारबाट भने निषेधाज्ञा केहि खुकुलो गर्दै असार सात गतेसम्मका लागि कायम गरएको छ ।
सोमबार निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ६६२ ओटा सवारी साधनलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ । जसमा ५३९ ओटा दुई पाङग्रे, १०२ ओटा चारपाङ्ग्रे, ८ ओटा ट्याक्सी र १३ ओटा ठुला सवारी साधन रहेका छन् ।
Subscribe
Login
0 Comments


