१२ जेष्ठ २०८३, मंगलवार

कानुनी प्रक्रियामा मात्र बिदेश जाउ – परराष्ट मन्त्री

एसीपी संवाददाता

१३ असार २०८२, शुक्रबार १०:१६ मा प्रकाशित

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरकानूनी रूपमा विदेशमा बसोवास गरिरहेका नेपालीलाई अब कानूनी प्रक्रिया अपनाउन आग्रह गर्नुभएको छ ।

बिहीबार सिंहदरबारमा आयोजित श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति शुभारम्भ कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री राणाले २०२४ को सेप्टेम्बरपछि गैर कानूनी रूपमा विदेश जानेहरूलाई वैधानिकता दिन नसकिने स्पष्ट पार्नुभयो । उहाँले विदेश जानेहरूलाई कानुनी रूपमै जानको लागि आग्रह समेत गर्नुभयो । उहाँले श्रम सञ्चार एपमा सरकारी टु सरकारी सम्झौता गरेर पठाएका कामहरूलाई राख्ने भन्ने कुरा उठेको बताउनुभयो । महिला श्रमिकको सुरक्षालाई ध्यानमा राख्दै सरकारले वर्तमान पहल शुरु गरेको बताउँदै उहाँले सरकारी तहबाट पठाइने कामदारहरूलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

परराष्ट्रमन्त्री राणाले कुन देशमा कति नेपाली छन् भन्ने थाहा पाउन र सम्पर्क बिन्दु बनाउनको लागि आफूहरूले प्रयास गरिरहेको बताउनुभयो । उहाँले आफूहरूको परीक्षण राम्रो भए विदेशमा रहेको नेपालीहरूकोबारे सम्बन्धित देशका दुतावासहरूलाई जानकारी गराउने जिकिर गर्नुभयो । ईमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x