१४ मंसिर २०८३, आईतवार

कार्यवाहक प्रधानमन्त्री खडका सङ बिवादमा रहेका चिनियाँ राजदुतको भेट्

एसीपी संवाददाता

३ आश्विन २०८०, बुधबार ०८:२४ मा प्रकाशित

काठमाडौं– कार्यबाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गले शिष्टाचार भेटघाट गरेका छन्।

मन्त्रालयमा आज भएको भेटघाटका क्रममा कार्यबाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले नेपाल र चीनबीच सदियौं पुरानो दुई पक्षीय सुमधुर सम्बन्ध रहेको बताए। उनले नेपाल एक चीन नीतिप्रति सदैव दृढ रहेको र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे।


चिनियाँ राजदूत सोङ्गलाई फिर्ता पठाउन सदनमा जनमत पार्टीले माग गरे


नेपालको आर्थिक एवम् पूर्वाधार विकासमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै कार्यबाहक प्रधानमन्त्री खड्काले प्रधानमन्त्रीबाट आगामी साता हुने चीन भ्रमणलाई सरकारले उच्च प्राथमिकतामा राखेको र भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

उनले नेपाली सेनाको क्षमता अभिवृद्धिमा चीनले पुर्‍याउँदै आएको सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गरे। राजदूत चेन सोङ्गले नेपालका प्रधानमन्त्रीको आसन्न भ्रमणलाई चीन सरकारले उच्च प्राथमिकता दिएको बताए।

साथै, दुई देशबीच उच्च स्तरीय भ्रमण निरन्तर हुनुपर्ने कुरामा जोड दिँदै चीनको Xizang Autonomous Region (XAR) को Linzhi सहरमा आगामी अक्टोबर ४-६, २०२३ सम्म हुने The Third Trans-Himalayan Forum for International Cooperation कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीको सहभागिताका लागि चिनियाँ परराष्ट्र मन्त्रालयको तर्फबाट पठाएको निमन्त्रणा समेत हस्तान्तरण गरे। नेपाललाईभ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x