१३ असार २०८३, शनिबार

कोरोनाभाइरसविरुद्धको खोप हप्ताभित्र वितरणका लागि तयार

एसीपी संवाददाता

१ आश्विन २०७७, बिहीबार ०४:४६ मा प्रकाशित

अमेरिकामा आमरूपमा कोरोनाभाइरविरुद्धको खोप उपलब्ध हुने समयबारे राष्ट्रपति र सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशकले परस्परविरोधी अभिव्यक्ति दिएका छन् ।

राष्ट्रपति डोनल्ड ट्रम्पले केही हप्ताभित्र आमरूपमा वितरणका लागि खोप तयार हुने दाबी गरेका छन् भने सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले सन् २०२१ को मध्यसम्ममा आमनागरिकका लागि उपलब्ध हुनसक्ने बताएका छन्।

कोरोनाभाइरसविरुद्धको खोप शुरूवाती चरणमा यो वर्षको नोभेम्बर र डिसेम्बर महिनाको बीचमा उपलब्ध हुनसक्ने सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले बताए।

तर त्यो समयमा सीमित मात्रामा मात्रै आपूर्ति हुनसक्ने र आफूहरूले प्राथमिकता निर्धारण गर्नुपर्ने उनको भनाइ छ।

दाबी

रेडफिल्डले भने, “यदि तपाईँ मलाई सोध्नुहुन्छ कि कहिले आमरूपमा अमेरिकी नागरिकलाई खोप उपलब्ध हुनसक्छ भने मलाई लाग्छ सन् २०२१ को जूनदेखि सेप्टेम्बरको बीचसम्ममा हुनसक्छ।”

तर राष्ट्रपति डोनल्ड ट्रम्पले गल्तीले अथवा द्विविधामा परेर सीडीसीका निर्देशकले त्यसो भनेको हुनसक्ने दाबी गरेका छन्

उनले अमेरिकामा कोरोनाभाइरसविरुद्ध प्रभावकारी खोप केही साताभित्रै आमरूपमा वितरणका लागि तयार हुने अनुमान सुनाए।

ट्रम्पले भने, “सीडीसीका निर्देशकले जे भने त्यो गलत भने। हामी तत्काल ठूलो सङ्ख्यामा मानिसहरूलाई खोप उपलब्ध गराउन तयार हुनेछौँ र त्यसपछि त्यहाँभन्दा बाहिर पनि किनकि हामी अरू मुलुकलाई पनि सहयोग गर्न गइरहेका छौँ।”

डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो बाइडनले चुनावी फाइदाका लागि ट्रम्पले खोपको विषयलाई प्रयोग गरिरहेको आरोप लगाएका छन्।

खोपसम्बन्धी ट्रम्पका प्रतिबद्धताहरूमा अमेरिकी नागरिकको विश्वास नरहेको बाइडनको भनाइ छ। श्रोत बीबीसी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x