३ आश्विन २०८३, शनिबार

कोरोना बारे सचेतना अभियान थाल्ने तयारीमा जनमत पार्टी

एसीपी संवाददाता

२७ श्रावण २०७८, बुधबार ११:३४ मा प्रकाशित

जनमत पार्टी बाँकेले आफ्ना अगुवा कार्यकर्ताहरुलाई कोरोना बारे सचेत पार्ने भएको छ । एक दिने सचेतिकरण कार्यक्रमको आयोजनागरी उनीहरुलाई सचेत पार्ने भएको हो ।

सिके रावत नेतृत्वको उक्त पार्टीको आज नेपालगन्जमा बसेको बैठक भाइरस संक्रमणको जोखिम बढेकोले आफ्नै अगुवा कार्यकर्ताहरुलाई कोरोना जनचेतना सम्वन्धि तालिम दिने भएको पार्टीका केन्द्रीय सदस्य इरफान शेषले जानकारी दिनुभयो ।

आजको बैठकमा जिल्लादेखि केन्द्रसम्मका नेताहरुको सहभागीता रहेको थियो । बैठकले गाउँगाउँमा संगठन विस्तार गर्ने निर्णय पनि गरेको छ ।

जिल्ला संगठन प्रमुख रियाज अहमद शेषको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य जोया शेष, विशेष अतिथि निहाल सिंह, जिल्ला सदस्य मुजफ्फर अलि, जिल्ला सदस्य मो. फारूक हासमी, जिल्ला सदस्य शिव कुमार चौधरी, जिल्ला सदस्य जमील बेहना, मुस्लिम जनमत संघ बाँके अध्यक्ष तथा जिल्ला सदस्य अब्दुल वाहिद शेष, जिल्ला सदस्य सचिन पटहर, जिल्ला सदस्य सलिम बागवान, जिल्ला सदस्य अलताफ राई, जिल्ला सदस्य कलामुद्दीन शेष, जिल्ला सदस्य तथा डुडुवा गाउँपालिका अध्यक्ष राम निवास तेली, मुस्लिम जनमत संघ बाँकेका जिल्ला सदस्य अलि हुशेन बेहना, जिल्ला सदस्य अनुसासन बिभागका जिल्ला अध्यक्ष नौसाद अंसारी, जिल्ला सदस्य तथा नरैनापुर गाउँपालिका अध्यक्ष मौलाना अकबर अलि , जिल्ला सदस्य रासिद खान, महिला जनमत संघ बाँकेका अध्यक्ष नीतु सिंह, कोषाध्यक्ष उपमा टन्डन, जिल्ला सदस्य आजाद शाह, युवा जनमत संघ बाँकेका जिल्ला सदस्य सफिक जसगड , डुडुवा गाउँपािलकाका सल्लाहकार मोहम्मद हुशेन खान, जय प्रकाश अधिकारी, संगीता थारू, दिपिका थारू, आलिया खान, लगयातका सम्पूर्ण पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x