२९ आश्विन २०८३, बिहीबार

कोरोना भाइरस बारे नयाँ खुलासा बुहानले बेचिएका जनावरबाट फैलियो संक्रमण

एसीपी संवाददाता

१८ असार २०७८, शुक्रबार ०२:२६ मा प्रकाशित

एजेन्सी। कोरोना भाइरसको संक्रमण चीनको वुहान स्थित प्रयोगशालाबाट फैलिएको तथ्यलाई एक नयाँ तथ्यांकले थप आधार दिएको छ ।

एक अमेरिकी वैज्ञानिकको अनुसन्धानले सार्सकोभ २ को बारेमा सम्भावित महत्त्वपूर्ण आनुवंशिक डेटा पुनः प्राप्त गरेको छ ।

ती वैज्ञानीकका अनुसार यो तथ्यांक एक डिजिटल प्लेटफर्ममा राष्ट्रिय स्वास्थ्य संस्थानमा राखिएको थियो र पछि हटाइएको थियो।

कम्प्यूटेशनल जीवविज्ञानी, जेसी ब्लूमले कोरोना भाइरस सम्बन्धी सबै जानकारी अपलोड गरिएको एक सर्भरमा यो तथ्यांक फेला पारेका हुन् ।

ब्लूमले वाशिंगटन पोष्टलाई अन्तर्वार्तामा भनेका छन्, “म सहमत छु कि यो तातो विषय हो। यो अत्यधिक परम्परागत वैज्ञानिक अध्ययन होइन, तर कम्तिमा यसमा केही नयाँ डेटा र नयाँ जानकारी छ। ब्लूनले गुगल क्लाउड मार्फत आफ्नो अनुसन्धानसँग सम्बन्धित सबै डाटा निकालेका छन्।

यस अनुसन्धानमा कुनै नयाँ जानकारी दिइएको छैन, तर प्रस्तुत तथ्याथ्यांकले देखाउँदछ कि कोरोनाभायरस चीनको वुहानबाट विश्वभर फैलिएको थियो। यो भनिएको छ कि कोरोना भाइरस केवल वुहानमा बेचिएका जनावरहरूबाट मात्र संसारभर फैलियो।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x