कोरोना संक्रमण पछि चम्किलो शुरुवात गरेको दुई हिन्दी मुभी सुपरहिट
कोरोनाभाइरसको संक्रमणका कारण बन्द रहेका भारतका फिल्महल विस्तारै खुल्न थालेका छन् । कोरोना संक्रमण कम हुन थालेपछि फिल्महरु सिनेमा घरमा रिलिज भएका छन् ।
यस्तै पछिल्लो समय अक्षयकुमार अभिनित फिल्म ‘सूर्यवंशी’ र रजनीकान्त अभिनीत फिल्म ‘अन्नाथे’ को निकै चर्चा छ । दुवै फिल्म एक दिनको फरकमा रिलिज भएपनि कमाईमा भने प्रतिस्पर्धा छ ।
रोहित सेट्टीको निर्देशनमा बनेको फिल्म ‘सूर्यवंशी’ले पहिलो दिनमा नै राम्रो कमाइ गरेको छ । यस फिल्मले पहिलो दिन २६.२९ करोड र दोस्रो दिन २४.५० करोड भारतीय रुपैयाँ कमाई गरेको थियो ।
यस फिल्मले ५ दिनमा कूल १ सय ८६ करोड ५८ लाख कमाएको भारतिय मिडियामा जनाइएको छ । यस्तै रजनीकान्तको फिल्मले पहिलो दिनमा नै ७० करोड १९ लाख कमाएको थियो ।
यस फिल्मले दोस्रो दिन ४२ करोड ६३ लाख, तेस्रो दिन ३३ करोड ७१ लाख, चौथो दिन २८ करोड २० लाख र पौचौ दिन ११ करोड ८५ लाख कमाएको भारतिय मिडियामा जनाइएको छ ।
शिवाले निर्देशन गरेको ‘अन्नाथे’ मा कीर्ति सुरेश, खुशबू सुन्दर, मीना र जगपथी बाबूको मूख्य भूमिका रहेको छ । यस्तै फिल्म ‘सूर्यवंशी’मा अक्षयसँगै कट्रिना कैफ, अजय देवगन, रणवीर सिंहको मूख्य अभिनय रहेको छ ।


