कोरोना सक्रमितको हाल्खबर लिने उद्देश्यले स्वास्थ्यकर्मीको टोलि सहित घरदैलो
श्याम कुमार शाहु । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ मा आज कोरोना सन्क्र्मितहरुको अवस्था बारेमा घर दैलो गरिएको छ ।
अहिले बाके जिल्लामा कोरोना संक्रमण बढी रहेको बेलामा नेपालगन्जको ८ नम्बर वडामा आईसोलेशनमा रहेको बिरामीहरु अवस्था के कस्तो छ भनी डाक्टर सहितको टोलिले होम आईसोलेशनमा रहेका कोरोना सक्रमितहरु हालखबर लिनुका साथै आवश्यक सुझाव समेत दिएको छ ।
वडा अध्यक्ष सुरेन्द्र गुप्ता वैश्यको पहलमा डाक्टर विनोद कर्ण , स्वास्थ्य वडा कार्यालय प्रमुख केशवराज पौडेल , सचिव शान्ता घर्ती मगर र युवा सूचना प्रमुख अमन गुप्ता समेत सहभागिता रहेको थियो ।
कार्यालयले चौथो चरणको सेनिटाईज गरिएको जनाएको छ । चीनको ब्रुहानबाट शुरु भएको कोरोना महामारीका कारण एसियाको नेपाल , भारत श्रीलन्का, पाकिस्तान , भुटान , बाङ्लादेश , म्यानमार जस्ता देशहरु यसको प्रकोप बढेको छ । अहिले छिमेकी मुलुक भारतका साथै नेपालमा पनि लकडाउन जारी राखेको छ । कोरोना महामारीको खोप आए पनि प्रयाप्त मात्रामा खोप समय लाग्ने भएकोले बजार बम्द गर्नु बाहेक कोरोना चैन ब्रेक न हुने छ । यस्तो कार्यालयहरुले आ आफ्नो स्थानबाट सबै जनतालाइ सक्रिय बनाई काम गर्न आवश्यक रहेकोले घर दैलो गरिएको अध्यक्ष गुप्ताले जनाएका छ्न ।



