९ आश्विन २०८३, शुक्रबार

खजुरामा गठबन्धन प्रभाव बढ्दै

एसीपी संवाददाता

२५ बैशाख २०७९, आईतवार १०:४५ मा प्रकाशित

बाँके (खजुरा) २५, बैशाख ः
बाँकेको खजुरा गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनको प्रभाव बढ्दै गएको छ । गाँउपालिकामा माओवादी र कांग्रेसको गठबन्धन छ भने वडास्तरमा नेकपा समाजवादी पार्टी पनि जोडिएको छ ।
गठबन्धनतर्फबाट गाँउपालिका अध्यक्ष पदका उम्मेदवार डम्बर विक ‘तुफान’ ले निर्वाचन जित्नका लागि नै गठबन्धन बनेको बताउनुभयो । उहाँका अनुसार गाँउपालिकाका ८ वडामध्य १ देखि ४ सम्मका वडामा गठबन्धन भएको छ  । वडा नम्बर १ र ३ मा कांग्रेस र वडा नम्बर २ र ४ मा माओवादीले अध्यक्ष पदको उम्मेदवारी पाएको छ ।

पालिकाका सबै वडामा गठबन्धनले गरेको चुनावी कसरतले खजुरामा गठबन्धनको प्रभाव बढ्दै गएको उहाँले बताउनुभयो । खजुरामा गठबन्धनतर्फबाट उपाध्यक्ष पदकी उम्मेदवार मञ्जु मल्लले गाँउपालिका गठबन्धनमय बन्न सफल हुँदै गएको बताउनुभयो ।

आज आइतबार पनि गठबन्धनले गाउँपालिकाका विभिन्न वडाहरुमा निर्वाचन आयोगको आचारसंहितभित्र रहेर प्रचार प्रसार गरेका छन् । सामान्य रुपमै जनताको घरदैलोमा पुगेका गठबन्धनका उम्मेदवारहरुसँग खजुरावासीले आफ्नो ठाउँका समस्या सुनाए ।

गठबन्धनले वडा नम्बर २, सीतापुरमा जनतासँगको भेटघाटमा वडामा हुने विकास निर्माणका काममा भ्रष्टाचार नगर्नै प्रतिवद्धता जनाए । आफूले निर्वाचन जिते भ्रष्टाचारलाई शून्य सरह बनाउने अध्यक्ष पदका उम्मेदवार तुफानले बताउनुभयो । उहाँले खजुरामा रहेको सुकुम्वासीका समस्यालाई समाधान गर्नका लागि समेत अग्रसरता लिने बताउनुभयो ।
उपाध्यक्ष पदका उम्मेदवारी मल्लले आफू निर्वाचन भएपश्चात सबैलाई समान रुपम सेवा दिने बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x