१९ आश्विन २०८३, सोमबार

खेल क्षेत्रमा राजनीति नगर्नुहोस ः मन्त्री अथक एन्फामा देखिएको समस्या समाधान गरेर अघि बढ्न सुझाव

एसीपी संवाददाता

७ असार २०७९, मंगलवार ००:०८ मा प्रकाशित

काठमाण्डौं   ,  युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले खेल क्षेत्रमा राजनीति
नगर्न आग्रह गर्नुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को
२१औं चुनावी साधारण सभाको उद्घाटन शत्रमा बोल्दै मन्त्री अथकले
एन्फामा देखिएको समस्या सहमतीमा समाधान गरेर अगाडी बढ्न आग्रह
गर्नुभएको हो ।
राज्यले खेलकुदलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री अथकले
भन्नुभयो, “राज्यले फुटबलमा ठुलो लगानी गरीरहेको छ, विशेषगरी
नेपालमा फुटबलका पूर्वाधारहरु नै बढि मात्रामा रहेका छन ।” यद्यपी
नेपालमा खेलकुदलाई सामान्य क्रियाकलापका रुपमा मात्र हेर्ने प्रवृत्तिले
खेलकुद क्षेत्रको विकासमा चुनौती थपिएको उहाँले बताउनुभयो ।
‘नेपालमा एउटा चुनौती छ, खेलकुदको विषय बुझ्ने सिहंदरबारमा
छैनन् । खेल सामान्य गतिविधि वा क्रियाकलापको क्षेत्र हो भन्ने बुझाइ
छ । यसरी खेल क्षेत्रको विकास सम्भव छैन,’ मन्त्री अथकले भन्नुभयो ।
खेललाई उद्योगका रुपमा विकास गर्नुपर्ने उहाँको भनाई थियो । ‘नेपाल प्राकृतिक रुपले सुन्दर छ । यहाँको खेलकुदलाई पर्यटनसँग
जोड्न सकियो भने धेरै उपलब्धि हुनेछ । त्यसका लागि अन्तर्राष्ट्रिय  स्तरमा लविङ गर्न आवश्यक छ,’ मन्त्री अथकले भन्नुभयो, “हाम्रो जस्तो
देशमा खेल पर्यटनको सम्भावना अत्याधिक मात्रामा रहेको छ ।”
खेललाई ब्यवसायीक तथा आर्थिक क्षेत्रका रुपमा समेत विकास गर्नुपर्ने
बताउँदै मन्त्री अथकले भन्नुभयो “आगामी विश्वको उदाउँदो उद्योग
भनेको नै खेल क्षेत्र हो ।”
नेपाली खेलाडीहरुलाई अन्तराष्ट्रिय स्तरका प्रतिस्पर्धी खेलाडीका रुपमा
उत्पादन गर्न विशेष पहल गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै मन्त्री
अथकले गोर्खा स्प्रिडलाई अगाडी बढाउने गरी एन्फाको आगामी
नेतृत्वले रणनिति बनाउनुपर्नेमा समेत जोड दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x