गरुडा इन्डोनेसियाकाे नेपालको लागि जनरल सेल्स अजेन्ट
गरुडा इन्डोनेसियाले नेपालको लागि जनरल सेल्स अजेन्टमा ‘सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिस’लाई नियुक्त गरेको छ।
नेपालको लागि गरुडा इन्डोनेसियाले ‘सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिस’लाई अफलाइन जनरल सेल्स अजेन्टको रूपमा सन् २०२१ जनवरी १ देखि लागू हुने गरी नियुक्त गरेको हो।
सम्झौता अनुसार, सोसाइटी इन्टरनेसनल ट्राभलले गरुडा इन्डोनेसियाका लागि बृहत बिक्री र मार्केटिङ सेवा उपलब्ध गराउने छ। साथै यसले गरुडा इन्डोनेसियाका लागि पूर्ण ग्राहक र एजेन्ट समर्थन प्रदान गर्ने सहमति भएको छ।
उक्त सम्झौतापछी गरुडा इन्डोनेसियाले नेपाली बजारमा गरुडा इन्डोनेसियाको सेवा र सुविधा सुदृढ गर्दै नेपाली बजारमा अवसरको उपयोग गर्ने बताइएको छ। गरुडा इन्डोनेशियाले इन्डोनेसियामा विदेशी पर्यटन बढाउन निरन्तर लागि परेको छ। सेतोपाटीबाट
सोसाइटी इन्टरनेसनल ट्राभलका अध्यक्ष रबिचन्द्र सिंहले गरुणा इन्डोनेसियासँग काम गर्न पाउदा खुशी लागेको बताए। उनले अन्तर्राष्ट्रिय बजार सेयर बढाउन आफ्नो तर्फबाट पूर्ण समर्थन गर्ने बताए।
त्यस्तै निकट भविष्यमै गरुणा इन्डोनेसिया एयरलाइन्सबाट सिधैं नेपालमा उडान सुरु हुनसक्ने कुरामा आशावादी रहेको उनको भनाइ छ।


