४ आश्विन २०८३, आईतवार

गाईजात्रा (सापारु) पर्व नेपालगन्जमा पनि धुमधामका साथ यसवर्ष देखि मनाउन शुरु

एसीपी संवाददाता

७ भाद्र २०७८, सोमबार १०:५६ मा प्रकाशित

संस्कृति परम्परा अनुसार यस वर्ष भदौ ७ गते सोमबार परेको गाईजात्रा (सापारु) पर्व नेपालगन्जमा पनि धुमधामका साथ यसवर्ष देखि मनाउन शुरु गरिएको छ ।

बाँकेमा रहेका नेवार समुदायले एक वर्षभित्र दिवङ्गत भएका आ आफ्नो आफन्तको सम्झनामा र्याली निकालेका छन ।


नेवाः पुछः बाँके र नेवाः देय दबु बाँकेको आयोजनामा भएको र्‍याली नेपालगन्जको धम्बोझी देखि सुरु गरिएको थियो । आयोजक अनुसार र्‍याली बिहान ८ः३० बजेको समय बताइएको भए पनि सजावटका कारण अलि ढिला सुरु भएको थियो । धम्बोझी देखी शुरु भएको र्‍याली सेतुबिक चोक हुँदै न्युरोड, त्रिबेनीमोड, बगेश्वरी टोल, घरवारीटोलबाट पुन घरवारीटोल हुँदै बागेश्वरी मन्दिरको परिसरमा समापन गरिएको थियो । सरकारले यस वर्ष पहिलोपटक गाईजात्राका अवसरमा देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिएको छ ।

प्रायः काठमाडौं उपत्यकामा मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आजदेखि नेपालगन्जमा पनि विभिन्न झाकी, र्‍याली तथा कार्यक्रम आयोजना गरि मनाईदै छ । भाद्र कृष्ण प्रतिपदा देखि अष्टमीसम्म आठ दिन मनाइने गाइजात्रा पर्व एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्पराका लागि विख्यात छ । मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x