२५ आश्विन २०८३, आईतवार

गुल्जार-ए-अदबका अध्यक्ष सहित चार साहित्यकार पुरस्कृत

एसीपी संवाददाता

२५ आश्विन २०८३, आईतवार १२:५२ मा प्रकाशित

कोहलपुर –  । लुम्बिनी प्रदेशकै अग्रणी साहित्यिक संस्था हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेले चार जना साहित्यकारलाई नगद पुरस्कारसहित सम्मानित गरेको छ ।

शनिबार कोहलपुरमा आयोजित विशेष साहित्यिक समारोहमा ‘गुल्जार-ए-अद’ब नेपालगञ्जका अध्यक्ष मुस्तफा अहसन कुरेसी ‘अहसन’, धनगढीका युवा साहित्यकार तथा पत्रकार पुष्पराज जोशी ‘पुकार’, बर्दियाकी साहित्यकार निरञ्जना चन्द ‘निरु’लाई जनही २० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको हो ।

प्रतिष्ठानले साहित्यिक योगदानको कदर गर्दै कुरेसीलाई कर्मयोगी बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कार २०८२, आचार्यलाई कर्मयोगी बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कार २०८३, जोशीलाई कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार २०८२ र चन्दलाई कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार २०८३ प्रदान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जका पूर्वप्रमुख प्राध्यापक डा. गोपालप्रसाद शर्माले चारै जना स्रष्टालाई दोसल्ला ओढाउँदै नगद पुरस्कार र सम्मानपत्रसहित सम्मानित गरेका थिए ।

समारोहमा उपस्थित साहित्यकारहरूले आ–आफ्ना साहित्यिक रचना वाचन गरेका थिए । रचना वाचनसँगै पुरस्कार वितरण कार्यक्रमले साहित्यिक सिर्जना, प्रतिभा र स्रष्टाको योगदानलाई सम्मान गर्ने अवसर प्रदान गरेको थियो ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले विभिन्न विधाका स्रष्टालाई पुरस्कृत तथा सम्मानित गर्दै साहित्यिक सिर्जना र प्रतिभा प्रोत्साहनमा योगदान पुर्‍याउँदै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x