२५ आश्विन २०८३, आईतवार

बूढानीलकण्ठमा झण्डै २२ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ

एसीपी संवाददाता

२५ आश्विन २०८३, आईतवार ०७:१२ मा प्रकाशित

काठमाडौ  । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालबाट प्रहरीले झण्डै २२ किलो सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले भाडाको घरमा सुन प्रशोधन गर्ने गतिविधि भइरहेको अवस्थामा छापा मारेर सुन बरामद गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार सञ्चालन गरेको कारबाहीका क्रममा २१ किलो ७५०.६८ ग्राम सुन बरामद गरेको प्रहरीले जनाएको छ। बरामद सुनको तत्कालीन बजार मूल्य करिब ५४ करोड ६० लाख रुपैयाँ रहेको बताइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x