घरदैलो गर्दै गोसाइँगाउँमा नगर प्रमुखका उम्मेदवार विष्ट
नेपालगञ्ज, बैशाख २६ । नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेदवार प्रशान्त बिष्टले घरदैलोलाई तीब्र बनाउनुभएको छ । विष्टले आज विहान नेपालगन्ज १० गोसाइँगाउँका मतदाताहरुलाई भेट्नुभएको छ । मतदाताहरुसँग भेटघाट गर्दै विष्टले स्थानीयका समस्या सुन्दै समाधानका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाउनुभएको छ ।
विष्टले आफू नगर प्रमुखमा निर्वाचित भए पूर्वाधार विकाससंगै स्वास्थ्य, शिक्षा लगायतका विषयहरुलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । मतदाताहरुले बिष्ट नेपालगन्जमा चिरपरिचित अनुहार र सहयोगी मनका व्यक्ति रहेको भन्दै विष्टलाई नगर प्रमुमा जिताउन आफूहरु लागिपरेको प्रतिक्रिया दिएका छन् ।
घरदैलोमा नगर प्रमुखका उम्मेदवार विष्टसंगै वडा नम्बर १० का वडा अध्यक्ष पदका उम्मेदवार नरबहादुर बिष्ट सहित सदस्यका उम्मेदवारहरु, नेता, कार्यकर्ता एवम् शुभेच्छुहरुको उपस्थिति थियो ।


