२९ आश्विन २०८३, बिहीबार

चिनले आफ्नो प्यारो छिमेकी पाकिस्तानलाई गर्‍यो नाका बन्द , ब्यापारी मर्कामा

एसीपी संवाददाता

१० भाद्र २०७८, बिहीबार ०३:३५ मा प्रकाशित

चीनले पाकिस्तान नियन्त्रित कस्मिर जोड्ने खुन्जेरब नाका बन्द गरेसँगै कार्गो ढुवानी बन्द भएपछि पाकिस्तानका व्यापारीहरू असन्तुष्ट भएका छन्। चीन र पाकिस्तानबीच राजनीतिक र व्यापारिक तहमा सम्बन्ध सहज भए पनि पछिल्लोपटक चीनले कुनै कारण नदेखाई यो नाका बन्द गरेको हो। 

पाकिस्तान नियन्त्रित गिल्गिट बाल्टिस्तान सरकारले चीनको वाणिज्य मन्त्रालयलाई हालै लेखेको पत्रमा पाकिस्तानको रत्न तथा खनिज संघ तथा अन्य व्यापारिक निकायले चिनियाँ पक्षबाट अस्थायी रूपमा मात्रै सिमानाका सञ्चालन गरेको र चीनको सामान पाकिस्तानमा आउन अप्ठ्यारो भएको गुनासो गरेको उल्लेख छ। पिटी प्रोफिट मिडियाका अनुसार यो पहिलो घटना भने होइन। 

पाकिस्तानका व्यापारिक समुदायलाई चीनको स्थानीय प्रशासनले सहयोगी भूमिका निर्वाह नगरेको उनीहरूको आरोप छ। पाकिस्तानी व्यापारीहरूका अनुसार पूर्ण लोड गरिएको कार्गोका लागि ४५ हजार चिनियाँ युयान तिर्नुपरेको गुनासो गरेका छन्। यो ११ लाख ४० हजार पाकिस्तानी रुपैयाँबराबर हो। पाकिस्तानी व्यापार संघका अनुसार डेढ वर्षदेखि उनीहरूले यो समस्या सामना गर्दै आएका छन्।

अर्बौँ रुपैयाँ तिरेर बुक गरिएका सामान पनि ल्याउन नसकिएको व्यापार संघलाई उद्धृत गर्दै पिटी प्रोफिटले जनाएको छ। पाकिस्तान सरकारको अनुरोधपछि चिनियाँ पक्षले कोभिड– १९ को प्रोटोकल लागू हुने गरी नाका सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो। तर, अहिले पुनः समस्या दोहोरिएको पाकिस्तानी पक्षले जनाएको छ। यो समाचार नयाँपत्रीकाले साभार गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] चिनले आफ्नो प्यारो छिमेकी पाकिस्तानल… […]

1
0
Would love your thoughts, please comment.x
()
x