२० कार्तिक २०८३, बिहीबार

चिनियाँको ” चाईना टेलीकम ” माथी प्रतिबन्धले चीन अमेरिका बिच बढयो तनाव , अमेरिकि सुरक्षामा खतरा

एसीपी संवाददाता

१९ कार्तिक २०७८, शुक्रबार ०४:५२ मा प्रकाशित

१९ गते कात्तिक २०७८ । राष्ट्रिय सुरक्षाको चिन्तामा अमेरिका भरी आफ्नो सेवा बिस्तार गरेको चिनियाँ दूरसञ्चार प्रदायक ‘चाइना टेलिकम’लाई अमेरिकाले आफ्नो देशभित्र सञ्चालन गर्न प्रतिबन्ध लगाए देखि चीन अहिले धर्म संकटमा परेको छ । चीनले यस्तो खालको निर्णयले संयुक्त राज्य अमेरिकाको ‘द्वेषपूर्ण दमन’ भएको बेइजिङले ठहर गरेको भन्दै बिहीबार बक्तब्य दिएको हो ।

चीनले अहिले यस्ता खालका निर्णयले यसले विश्वका दुई बलिया अर्थतन्त्रले सम्बन्धमा सुधारका लागि गरिरहेको प्रयासमा प्रभाबित पार्नसक्ने चेतावनी दिएको छ । व्यापार, मानव अधिकार, ताइवान र कोभिड–१९ महामारीलगायतका थुप्रै बिषयहरूलाई लिएर यी दुई मुलुकहरूबीच तनाव रहेको देख्न सकिन्छ । अहिले केहि बर्स यता देखि चीन र अमेरिका बिच तनाव बढेको छ । केही महिना देखि अमेरिका चीनलाई घेर्ने रणनीति बनाए देखि चीन अहिले घेरामा परेको महसुस गर्दै गएको छ । बिश्वमा अहिले छिमेकी सङको दादागिरी रोक्न चीनलाई अमेरिकाले दबाव दिदै आएको छ । चीन कहिले तालिवान कब्जा गर्न भनेको छ भने कहिले भारत सङ सिमा बिवाद गरि रहेको छ ।

यसै हप्ताको सुरुतिर वासिङ्टनले ‘चाइना टेलिकम’लाई अमेरिकाजलाई ६० दिनभित्र आफ्नो सेवा बन्द गर्ने आदेश दिएपछि अमेरिकामा लगभग दुई दशकको सेवा अन्त्य गर्नुपर्ने अवस्था आएको र यसले चीन र अमेरिकाबीचको सम्बन्ध थप तनावपूर्ण हुनसक्ने अनुमान गरिएको छ । ‘चाइना टेलिकम’को ‘चीन सरकारको स्वामित्व र नियन्त्रणले महत्वपूर्ण राष्ट्रिय सुरक्षा र कानून प्रवर्तनमा जोखिम उठाएको’ अमेरिकी संघीय सञ्चार आयोगले बताएको छ । अहिले बिश्वमा सबैभन्दा बढी चिनियाँ ह्याकरको खतरा रहेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

यता एफसीसीले भनेको छ, ’यसले बेइजिङलाई ‘अमेरिकी सञ्चारमा पहुँच, भण्डारण, विघटन वा गलत मार्गका अवसरहरू प्रदान गरेको र यसले उनीहरूलाई अमेरिका विरुद्ध जासुसी र अन्य हानिकारक गतिविधिहरूमा संलग्न हुन सहज बनाएकोले उक्त निर्णय गर्नुपरेको हो।’

तर बेइजिङले यस कदमलाई ‘राष्ट्रिय सुरक्षाको अवधारणाको सामान्यीकरण, राष्ट्रिय शक्तिको दुरुपयोग र तथ्य वा आधारबिना चिनियाँ कम्पनीमाथिको द्वेषपूर्ण दमन’ भन्दै उक्त कदमप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। चिनियाँ वाणिज्य मन्त्रालयकी प्रवक्ता शु युटिङले पत्रकारहरूसँगको कुराकानीमा चीनको आर्थिक तथा व्यापार टोलीले संयुक्त राज्य अमेरिकासँग यस बिषयमा ‘गम्भीरतापूर्ण रूपमा कुरा राखेको’ र बेइजिङ प्रतिबन्धबाट चिन्तित भएको बताए। एजेन्सीहरु बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x