१२ आश्विन २०८३, सोमबार

चिनियाँ खोप सिनोभ्याकलाई आधिकारिक रुपमा मान्यता छैन – सिंगापुर

एसीपी संवाददाता

२४ असार २०७८, बिहीबार ००:५० मा प्रकाशित

काठमाडौं । सिंगापुरले चिनियाँ खोप सिनोभ्याकलाई मान्यता दिन अस्विकार गरेको छ । सिनोभ्याक खोप लगाएका आफ्ना नागरिकलाई खोप लगाएको सूचीमा समेट्न सिंगापुरले अस्विकार गरेको हो । 

देशको राष्ट्रिय गणनामा सिनोभ्याक कोरोना खोप लिएकालाई समावेश नगरिएको सिंगापुरको स्वास्थ्य मंत्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ताले अमेरिकी मोडर्ना इंक र फाइजर इंक खोपको डोज लिने नागरिकलाई मात्र समग्र खोप लगाउने संख्यामा सूचीकृत गरिने बताए । सिनोभ्याक लिने नागरिकलाई भने फेरि अर्को खोपका लागि मेडिकल्ली उपयुक्त हुनेगरी सामान्य तथ्यांक राखिएको छ । 

मन्त्रालयका अनुसार ३.६ मिलियन नागरिकले मोडर्ना र फाइजर खोपको डोज पाएका छन् भने करिब १७ हजारले सिनोभ्याक खोप लगाएका छन् । 

सिंगापुरले सिनोभ्याकलाई आधिकारिक रुपमा मान्यता दिएको छैन । यो किल्निकहरुमा मात्रै उपलब्ध छ । यो खोपको गम्भीर नकारात्मक असर देखिएपछि संसदमा कुरा उठेको छ । मन्त्रालयले जवाफ पठाएको छ । 

सिंगापुरका नागरिकले फाइजर र मोडर्ना जस्ता एमआरएनए खोप गम्भीर बिरामीहरुका लागि मृत्यु रोक्नेमा बढी प्रभावकारी रहेको महसुस गरेका छन् । सिनोभ्याकजस्तो गैर-एमआरएनए डोज गम्भीर बिरामी वा मृत्यु रोक्नमा सक्षम भए पनि भाइरस फैलिन रोक्नमा कम सक्षम पाइएको मन्त्रालयले जनाएको छ । त्यसैकारण सरकारले मान्यता दिएको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x