चिनियाँ जहाज धान्न नसकिने भन्दै फिर्ता पठाउने तयारी,अरु ठेक्का नि अलपत्र
लक्ष्मि थारु । अहिले बिश्व भरिनै यो चर्चा हुने गरेको छ कि चाइनिज समान टिकाउको भर हुदैन तेस्तै नेपालमा रहेको चीनिया लगानी रहेको छ । यो आत्मसात गर्दै नेपाल सरकारले केही पाठ सिख्न जरुरी छ तर हाम्रो नेता अहिले सम्बन्ध बिस्तारको कारण देखाउदै चीनबाट जस्तोसुकै सम्झौता गर्न तयार रहेका छन । अहिले यसको ताजा उदाहरण नेपाल सरकारले हालै थन्काएको चीनिया जहाज रहेकोे छ । चिनियाँ जहाज चलाउन नसक्ने भन्दै नेपाल् सरकारलाई सुचना प्राप्त भएको छ । केही जहाज नेपाललाई चिनबाट जहाज खरिद र चिनले आफ्नो तर्फ निशुल्क प्रदान गरेको थियोे । तर नेपाल सरकारको करोडौं रुपैयाँ बालुवा पानी हाले जस्तो भएको छ । अहिले नेपाल एयरलाइन्सले चिनियाँ जहाज फिर्ता पठाउने भएको छ ।
चीनबाट ल्याइएका ६ वटा जहाज चलाउन नसकिएको भन्दै नेपाल एयरलाइन्सले कम्पनीलाई नै फिर्ता गर्ने विकल्प सरकार समक्ष पेस गरेको हो। चिनियाँ जहाजलाई व्यावसायिक रुपमा सञ्चालन गर्न नसकिने नेपाल एयरलाइन्सको सञ्चालक समितिले निर्णय यसअघि नै गरिसकेको छ। चिनियाँ जहाज संचालन गर्दा बार्शिक करोडौंको घाटा हुनेभनी प्रतिवेदन पेश भएको छ ।
साउनदेखि नै ग्राउन्डेड गरिसकेको एयरलाइन्सले जहाज व्यवस्थापनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको थियो। अहिले नेपालको विभिन्न प्रोजेक्टहरुमा चीनिया सरकार र चाईनिज कम्पनीको ठेक्का रहेको छ । नारायणघाट बुटवल सडकखण्ड समेत अलपत्र रहेकोे छ । प्रधानमन्त्रीले स्वय उदघाटन गरेको उक्त बाटो अहिलेसम्म २ प्रतिशत मात्र काम भएकोले ठेक्का हात परि अल्झाउने काम भएको जस्तो महसुस हुँदै जसरी चाईनिजको भर छैन भन्ने जस्तै भान भएको छ । https://acpnewsnepal.com/?p=11374




[…] […]
[…] […]