२५ श्रावण २०८३, सोमबार

चिनियाँ टिकटाक माथि पाकमा प्रतिबन्ध

एसीपी संवाददाता

२९ फाल्गुन २०७७, शनिबार १४:३१ मा प्रकाशित

काठमाडौं – पछिल्लो समय विभिन्न देशहरुले लोकप्रिय भिडियो एप टिकटकमाथि प्रतिबन्ध लगाइरहेका छन्। सोही क्रममा पाकिस्तानमा पनि टिकटकमाथि प्रतिबन्ध लगाइएको छ।
पाकिस्तानको एक अदालतले टिकटकमाथि प्रतिबन्धको आदेश दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। 

टिकटकमा अश्लील सामग्रीका भिडियो राखिएको भन्दै अदालतले टिकटकमाथि प्रतिबन्धको आदेश दिएको हो । 

पाकिस्तानको पेशावरको उच्च अदालतका मुख्य न्यायाधीश काइसर रासिद खानले बिहीबार टिकटकमाथिको मुद्दामा यस्तो आदेश दिएका हुन् । खानले टिकटकमा पोस्ट भएका केही भिडियोहरु ‘पाकिस्तानी समाजको लागि अस्वीकार्य’ रहेको बताएका छन् । अदालतले इन्टरनेट सेवा प्रदायकहरुलाई टिकटकले आफ्नो प्लेटफर्ममा त्यस किसिमका भिडियो नियन्त्रण गर्ने व्यवस्था नगरेसम्मका लागि यो सेवामा रोक लगाउन आदेश दिएको छ ।

पाकिस्तानको दूरसञ्चार प्राधिकरण (पीटीए)ले अदालतको आदेश पालना गर्ने बताएको छ । टिकटकले भने अदालतको आदेशलाई चुनौती दिँदै पुनरवलोकनको आवेदन दिने बताएको छ ।  पाकिस्तानमा ६ महिनामा दोस्रोपटक टिकटकमाथि प्रतिबन्ध लगाइएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x