चिनियाँ नागरिकमाथि भएको आक्रमणमा एकको मृत्यु , ५ जना घाइते
दिपाली सिंह – पाकिस्तानपछि अब अफगानिस्तान–कजाकिस्तान सीमामा चिनियाँ नागरिकमाथि भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । यस क्षेत्रमा चिनियाँ नागरिकको हत्या भएको यो पहिलो घटना हो । यो घटनापछि चीनले अफगानिस्तानलाई लिएर कडा वक्तव्य जारी गरेको छ ।
अफगानिस्तानसँग चीनको बढ्दो मित्रताको बीचमा पहिलो पटक अफगानिस्तान-काजाकिस्तान सीमामा चिनियाँ नागरिकमाथि आक्रमण भएको हो । यस आक्रमणमा एक चिनियाँ नागरिकको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । अफगानिस्तानका लागि चीनका विशेष दूतले त्यहाँ उपस्थित २० आतङ्ककारी संगठनको बारेमा चिन्ता व्यक्त गरेका छन् । यो घटनापछि चीनले चिन्ता व्यक्त गर्दै यो हाम्रा नागरिकको सुरक्षाका लागि खतरा भएको बताएको हुन । उक्त क्षेत्रमा चिनियाँ नागरिकको मृत्यु भएको यो पहिलो पटक हो ।
चीनले विस्तारै अफगानिस्तानमाथि कब्जा जमाउने षड्यन्त्र गरिरहेको छ । यसअन्तर्गत अफगानिस्तानमा तालिबान शासन आएपछि चीनले अफगानिस्तानसँग ग्यास, तेल, लिथियम, तामा र फलामका लागि अर्बौं डलरको सम्झौता गरेको छ। यससँगै चीनले इरान, अफगानिस्तान र पाकिस्तानबीचको यातायातका सम्बन्धमा पनि विभिन्न कदम चाल्न लागेको छ । यी सबै घटनाक्रमको बीचमा अचानक पहिलो पटक अफगानिस्तानसँगको कजाकिस्तान सीमामा चिनियाँ नागरिकको समूहमाथि सशस्त्र समूहले आक्रमण गर्यो, जसमा एक चिनियाँ नागरिकको मृत्यु भएको थियो भने अन्य पाँच जना घाइते भएका थिए।