१२ आश्विन २०८३, सोमबार

चिनियाँ भेरोसेल खोप असफल , निरन्तर संक्रमीत संख्या थपिदै

एसीपी संवाददाता

१७ बैशाख २०७९, शनिबार ००:३६ मा प्रकाशित

एजेन्सी – चीनमा पछिल्लो केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेका बेला गएको २४ घण्टायता धेरै संक्रमित भेटिएका जनाइएको छ ।यो पनि समाचार पढ्नु होला –   चीनको भेरोसेल खोपको प्रभावकारिता माथि प्रश्न खडा

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार चीनमा बिहीबार मात्र ५,६४६ जना संक्रमित भेटिएका हुन् । पछिल्लो समयमा यहाँ चीनको सांघाइ सहरमा धेरै संक्रमित देखिएका छन् । यस शहरमा मात्र गएको २४ घण्टायता ५,४८७ जना संक्रमित देखिएका बताइएको छ ।

चीनका विभिन्न शहर र राजधानी बेइजिङमा थप संक्रमितहरु देखिने क्रम जारी नै रहेको बताइएको छ । चिनियाँ राजधानी शहरमा चीन सरकारले पछिल्लो समयमा संक्रमणबाट बच्न सुरक्षाका मापदण्डहरु अपनाउने गरेको भए पनि संक्रमितहरु भने प्रत्येक दिन देखिएका छन् । यो पनि समाचार पढ्नु होला –   ब्राजिल सहित देशमा असफल चिनियाँ खोप किन्नुको अर्थ ?

पछिल्ला हप्ताहरुमा चीनको सांघाइ शहरमा सबैभन्दा धेरै संक्रमितहरु देखिन थालेका हुन् । सांघाइ शहरमा पछिल्लो समयमा संक्रमितहरु अन्यत्रभन्दा धेरै देखिन थालेका बताइएको छ । यहाँ हरेक दिन एक हजारभन्दा बढी संक्रमितहरु देखिन थालेका छन् र तीमध्ये अधिकांश चीनभित्रै संक्रमणमा परेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x