५ आश्विन २०८३, सोमबार

चीनको अनलाईन गेम लागुपदार्थ भन्दा नि खतरनाक ?

एसीपी संवाददाता

१९ श्रावण २०७८, मंगलवार ०८:०७ मा प्रकाशित

चीनमा एउटा सरकारी सञ्चारमाध्यमले अनलाइन गेमलाई “विद्युतीय लागुपदार्थ” को सङ्ज्ञा दिएपछि देशका दुई ठूला अनलाइन गेमिङ कम्पनीको शेअर घटेको छ।

हङ्‌कङको शेअर बजारमा भएको कारोबारमा टेन्सेन्ट र नेटईजका शेअरको मूल्य १०% भन्दा बढीले घटेको थियो। तर पछि तिनको मूल्यमा केही सुधार आयो।

नेपाललाई हिन्दु राष्ट्र कायम गराउन ॐकार परिवार एकिकृत

बेइजिङले प्रविधि कम्पनीहरूमाथि कारबाही गर्ने गरेको हुँदा धेरै लगानीकर्तामा चिन्ता बढेको पाइन्छ।

केही महिनादेखि चीन सरकारले प्रविधि तथा निजी शैक्षिक उद्योगलाई कडिकडाउ गर्न विभिन्न उपायहरू घोषणा गरेको छ।

राज्यद्वारा प्रकाशित इकोनमिक इन्फर्मेशन डेलीमा आएको एउटा सामग्रीमा किशोरकिशोरी अनलाइन गेमको दुर्व्यसनी बनेका र त्यसबाट उनीहरूमा नराम्रो प्रभाव परेको उल्लेख छ

उक्त पत्रिका सिन्ह्वा समाचारसंस्थासँग सम्बद्ध छ।

आलेखमा के छ?

टेन्सेन्टको लोकप्रिय गेम “अनर अफ किङ्स” लाई इङ्गित गर्दै उक्त आलेखमा विद्यार्थीहरूले दैनिक आठ घण्टा उक्त गेम खेल्ने गरेको उल्लेख गरेको छ। त्यसमा अनलाइन गेम उद्योगमाथि नियन्त्रण गर्नुपर्ने आग्रह गरिएको छ।

शाङ्घाईस्थित ई‍-स्पोर्ट्स पार्क

“एउटा पुस्तालाई विनाश गर्ने किसिमको कुनै उद्योग वा खेललाई अनुमति दिनु हुँदैन,” उक्त आलेखले अनलाइन गेमलाई “आध्यात्मिक अफिम” को सङ्ज्ञा दिँदै भनेको छ।

बीबीसीले टेन्सेन्टसँग सम्पर्क गरेको थियो। तर उसले तत्काल कुनै प्रतिक्रिया दिएन।

सङ्गीतको अनुमतिसम्बन्धी एउटा विषयमा सरकारले दिएको एउटा आदेशपछि उक्त कम्पनीको शेअर गत साता पनि खस्किएको थियो।

चीनमा अनलाइन सङ्गीत स्ट्रीमिङमा उक्त कम्पनीको प्रभुत्वलाई नियन्त्रण गर्ने उद्देश्यसहित टेन्सेन्टलाई विश्वभरि रहेका रेकर्ड कम्पनीसँग गरिएका सङ्गीत लाइसेन्सिङका सबै विशेष सम्झौता अन्त्य गर्न भनिएको थियो।

चीनमा अहिले टेन्सेन्टसँग सङ्गीत स्ट्रीमिङ गर्ने विशेष अधिकारमध्ये ८०% छ।

चीन सरकारले प्रविधि तथा निजी शैक्षिक उद्योगलाई कडिकडाउ गर्न थालेपछि उक्त कम्पनीको शेअर अमेरिका, हङ्‌कङ र चीनका बजारमा यो वर्ष ह्वात्तै घटेको छ।बिबिसी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x