१४ मंसिर २०८३, आईतवार

चीनको सांघाईमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

एसीपी संवाददाता

५ बैशाख २०७९, सोमबार २२:२९ मा प्रकाशित

चीनको सांघाईमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । पछिल्लो लकडाउन सुरु भएयता सांघाईमा कोरोनाबाट पहिलो पटक मृत्यु भएको घटना सार्वजनिक भएको हो । संक्रमण फैलिन थालेपछि मार्च अन्तिममा सांघाईमा लकडाउन गरिएको थियो ।

मार्च १ देखि सांघाईमा पुन: कोरोना संक्रमण फैलिन थालेको हो । साउथ चाइना मर्निङ पोस्टका अनुसार त्यसयता सहरमा संक्रमितको संख्या ३ लाख ५० हजार नाघेको छ । सांघाई स्वास्थ्य आयोगले सोमबार कोरोनाबाट ३ जनाको मृत्यु भएको जानकारी दिएको हो । आयोगका अनुसार मृत्यु हुनेहरूमा ८९ देखि ९१ वर्षका रहेका छन् ।

त्यस्तै उनीहरूले कोरोनाविरुद्धको खोप नलगाएको पनि आयोगले बताएको छ । सांघाईका अधिकारीहरूका अनुसार सहरमा ६० वर्षमाथिका करिब ३८ प्रतिशत नागरिकले खोपको पूर्ण मात्रा लगाएका छन् ।

चीनको प्रमुख आर्थिक सहर सांघाईमा पछिल्लो पटक दैनिक औसत २५ हजारका दरले संक्रमण पुष्टि भएको छ । आइतबार मात्र सांघाईमा २२ हजार २ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो समय चीनले ‘जिरो कोभिड पोलिसी’ को नीति अपनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x