४ आश्विन २०८३, आईतवार

चीनमा उइगर मुसलमानलाई हरेक शुक्रवार सुँगुरको मासु खानका लागि बाध्य पार्दै

एसीपी संवाददाता

२० मंसिर २०७८, सोमबार ०१:४९ मा प्रकाशित

२० गते मङ्सिर २०७८ । उइगर मुसलमानमाथि चीनको दमनकारी नीति विस्तारै सार्वजनिक हुँदै गएको छ। पहिला पनि चीनको री-एजुकेशन क्याम्पमा हुँदै आएको अत्याचारको रिपोर्ट बाहिर आइसकेको छ।

यसपटक पनि त्यहाँका पीडित बासिन्दाले आफ्नो कठोर यातनाको अनुभव शेयर गरेका छन्। चीनको ‘री-एजुकेशन’ क्याम्पमा राखिएका उइगर मुसलमानलाई हरेक शुक्रवार सुँगुरको मासु खानका लागि बाध्य पारिने गरेको तथ्य बाहिर आएको छ। कट्टर उइगर मुसलमानको धर्म परिवर्तन तथा चिनियाँ धर्ममा ढाल्न चीन सरकारले ‘री-एजुकेशन’ क्याम्पमा राखेको छ।

सरकारले व्यसायिक शिक्षा दिन क्याम्प राखेको भने पनि धर्म परिवर्तन गराउने र चिनियाँ सिस्टममा ढाल्ने र नमान्ने यातना शिविरमा पठाउने गरिएको छ। समाचार संस्था अलजजिराले जनाएअनुसार मुसलमानका लागि शुक्रवार एक पवित्र दिन हो। यसै दिन मुसलमानले पुज्ने जनावर सुँगुरको मासु खुवाउनुको उद्देश्य उनीहरुको धर्म भ्रष्ट गर्नुरहेको उल्लेख छ।

चीनले शिक्षाका नाममा मुसलमानहरुको धर्म भ्रष्ट गर्न लागिपरेको बताइन्छ। चीन सरकारको यो अत्याचारको शिकार भइसकेकी सरागुल सौतबेले यो कुरा खोलेकी हुन्। उनले एक अन्तर्वार्तामा हरेक शुक्रवार आफूलाई सुँगुरको मासु खानका लागि बाध्य पारिने गरेको खुलाएकी छन्। चिनियाँ अधिकारीले नियत राखेरै आफूहरुको पवित्र दिनलाई रोजेर आफूहरुको आस्थामाथि प्रहार गरेको उनको गुनासो छ।

शुक्रवारका दिन सुँगुरको मासु नखाए कठोर यातना दिने गरेको पनि उनले सुनाइन्। समाचार एजेन्सी एएनआईका अनुसार सरागुल एक मेडिकल फिजिशियन हुन्। उनी अहिले स्वीडनमा शिक्षिका छिन्। हालै उनले एक पुस्तक प्रकाशन गरेर आफ्नो अनुभव शेयर गरेकी छिन्। ‘मलाई लागिरहेको थियो कि म एक अलग मानिस हुँ।

मेरो चारै दिशातिर मात्र निराशा थियो। यो स्वीकार गर्न वास्तवमै मुश्किल थियो। उइगर मुसलमानप्रति चीनको यो रवैयाको शिकार भएकी अर्की एक महिलाले पनि आफ्नो अनुभव शेयर गर्दै सुँगुरको मासु खुवाउने कुराको पुष्टि गरेकी छिन्। उइगरकी व्यवसायी ज़ुम्रेत दाऊदले केरकारको सामना गर्नुपर्यो।

उनका श्रीमान पाकिस्तानी भएकाले सन्तान र धर्मबारे दुई महिनासम्म केरकार चल्यो। यतिमात्रै होइन शौचालय जान याताना शिविरका पुरुष अधिकारिसँग हारगुहार गर्नुपर्थ्यो। उनलाई हतकडी लगाएर जान दिन्थे र पुरुष अधिकारी शौचालयमा उनको पिछा गर्थे।

उनले शिविरमा बस्दा बाच्नका लागि जे दियो त्यही खानुपर्ने र चिनियाँ अधिकारीले छानेरै सुँगुरको मासु खुवाउने गरेको उनको गुनासो छ। चीनले यसअघि पनि विभिन्न तरिकाबाट शिविरहरुमा उइगर मुसलमानलाई यातना दिँदै आएको खबरहरु बेला बेला आएका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x