१७ श्रावण २०८३, आईतवार

चीनले आइफोन प्रतिबन्ध लगाउने रिपोर्टपछि एप्पलले दुई दिनमै गुमायो दुई सय बिलियन डलर

एसीपी संवाददाता

२३ भाद्र २०८०, शनिबार ०६:४१ मा प्रकाशित

चीनले आइफोन प्रयोगमा प्रतिबन्ध लगाएको रिपोर्ट सार्वजनिक गरेसँगै एप्पलले दुई दिनमा २०० बिलियन अमेरिकी डलर गुमाएको छ।

बुधबार वाल स्ट्रिट जर्नलले चीनले सरकारी कर्मचारीलाई आइफोन प्रयोग गर्न प्रतिबन्ध लगाएको रिपोर्ट सार्वजनिक गरेको थियो।

उक्त जर्नलका अनुसार चीनले विदेशी प्रविधिमाथिको निर्भरता कम गर्ने लक्ष्य अघि सारेको छ। सोही नीतिअनुसार चीनले सरकारी निकायहरूमा आइफोनलगायत विदेशी डिभाइस प्रयोग गर्न प्रतिवन्ध गरेको हो।

उक्त रिपोर्ट सार्वजनिक भएसँगै आइफोनको सेयरमा २.९ प्रतिशतले गिरावट आएको छ।

बिहीबार एप्पलको सेयरमा यस्तो गिरावट आएको सिएनएनले जनाएको छ। विश्वको निकै महत्वपूर्ण सार्वजनिक कम्पनीको यस्तो विषय बाहिरिएसँगै लगानीकहरूर्ता चिन्तित देखिएको उल्लेख छ।

चीनले आइफोन प्रतिबन्ध लगाउने हो भने एप्पलका लागि निकै ठूलो घाटा पुग्ने बताइएको छ। चीन आइफोनको निकै ठूलो बजार हो।

चीनमा भएको बिक्रीले गत वर्ष कम्पनीको कुल राजस्वको पाँचौ हिस्सा ओगटेको थियो।

पछिल्लो त्रैमासिकमा पनि अमेरिकामा भन्दा चीनमा धेरै आइफोन बिक्री भएको थियो। एप्पलले आफ्ना अधिकांश उत्पादनहरू चिनियाँ कारखानाहरूमा उत्पादन गर्दै आएको छ। सेतोपाटी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x