ताइवानले चीनसँग तनाव बढ्दै गएपछि गत वर्षदेखि नै आफ्ना रिजर्भ सैनिकलाई तालिम दिन सुरु गरेको थियो । युद्धको पूर्वतयारी बढाउन भन्दै सोमबार भएको तालिममा झण्डै ४०० जना सहभागी भएको समाचारमा उल्लेख छ । आजको तालिममा सहभागीले यसै महिनाको सुरुमा राजधानी ताइपेईस्थित एक समुन्द्री किनारा (बीच) को सुरक्षाका लागि प्रतिकात्मक सैन्य अभ्यास गरेका थिए ।
रुसले युक्रेनमा हमला गरेपछि चीनले समेत त्यस्तै गर्ने हो कि भनेर ताइवान सजग बनेको छ ।


