२५ श्रावण २०८३, सोमबार

चीनियाँ निर्माण कम्पनीको लापर्वाही र वेवास्ताका कारण सिङ्गो वस्ति जोखिममा

एसीपी संवाददाता

२२ चैत्र २०७७, आईतवार ०९:४६ मा प्रकाशित

चीनियाँ निर्माण कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सीआरसीसी) को लापर्वाही र स्थानीय जनप्रनितिनिधिको वेवास्ताका कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– २ स्थित एउटा सिङ्गो वस्ति जोखिममा परेको छ ।

चिन जोड्ने कोदारी सडक निर्माणका क्रममा प्राविधिक विषयलाई वेवास्ता गरी जथाभावी डोजर चलाउने र मापदण्ड विपरित निर्माण कार्य गर्दा गाउँ जोखिममा परेको हो । जिटुजी सम्झौता अन्तर्गत सडक निर्माण गर्ने जिम्मा चीनियाँ कम्पनी सिआरसीसीले पाएको छ। कम्पनीले जथाभावी काम गर्दा वर्षाको समयमा जमिन भासिने र वग्ने समस्या सुरु भएको स्थानीयले वताए । जमिन भासिन थालेपछि गाउँलेहरु विस्थापित भएको स्थानीय साङ्गे लामाको भनाई छ।

‘जमिन वग्ने र भासिने सामान्य समस्या यस अघि पनि थियो, तर विस्तारै/विस्तारै थियो’ लामाले भने–‘सिआरसिसीले काम गर्न थालेपछि प्राविधिक र वातावरणीय कुरालाई ध्यान दिईएन। त्यसको असरले एकै वर्षमा गाउँ जोखिममा पर्यो । प्राविधिक विषयलाई ध्यान नदिएर जताततै डोजर चलाएका कारण यो समस्या आएको उनले दावी गरे ।

कम्पनीले चालु आर्थिक वर्षमा पनि त्यसैगरी काम गरिरहेकाले आगामी वर्षातमा गत वर्षकै समस्या पुनरावृत्ति हुने गाउँलेहरु वताउँछन् । जम्मा २६ किलोमिटर वाटो वनाउनु पर्ने सम्झौता अनुसार कम्पनीले गत वर्ष पनि काम गरेको र पातलो कालोपत्रे र निरन्तरको वर्षाका कारण सवै वगेको उनीहरुले वताए ।

सम्झौता गर्ने तर अनुगमनमा ध्यान नदिने जनप्रतिनिधिका कारण पनि यस्तो समस्या आएको स्थानीयहरु वताउँछन् । ‘डिपिआर देखाउन हुँदैन, यो गोप्य हुन्छ भन्छन्’ साङ्गे लामा भन्छन्–‘गत वर्ष वनाएको सडक भत्किएर गयो, अव यो वर्षको निर्माणले कति क्षती गर्ने हो ।’

यति मात्र होईन, सडक निर्माणका क्रममा चीनियाँ कम्पनी सिआरिसीसीले नेपाली भुमी पनि ओगटेर वसेको स्थानीयको आरोप छ।

सिआरसीसीका प्रतिनिधिले भने आफुहरुले सडक निर्माणका काम जिम्मा लिएर गल्ति गरेको आसयमा पछुतो गर्दै सरकारले ठाउँ छोड्न पत्र पठाए आफुहरु हट्ने वताए । ‘सडक वनाउने भनेर वसिहालियो, अव हामी पनि ठाउँ छोड्ने नै मनसायमा छौं’ एक प्रतिनिधिले भने–‘संघिय सरकार वा स्थानीय सरकारले हामीलाई कुनै पत्र दिए हामी ठाउँ खाली गर्न तयार छौं ।’नेपाल आज बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x