२० कार्तिक २०८३, बिहीबार

चीन ताईवानको सैन्य तनाव ४० वर्षयताकै उत्कर्षमा

एसीपी संवाददाता

२१ आश्विन २०७८, बिहीबार ०५:३५ मा प्रकाशित

२१ गते असोज २०७८ बिहीवार । चीनसँगको सैन्य तनाव ४० वर्षयताकै उत्कर्षमा पुगेको ताइवानले बताएको छ । ताइवानका रक्षामन्त्री चिउ कुओ–चेङले चीनले सन् २०२५ सम्म ताइवानमाथि पूर्णरुपमा आक्रमण गर्नेगरी आफ्नो क्षमता बढाइरहेको बताएका छन् ।

लगातार ताइवानको हवाई रक्षा क्षेत्रमा ठूलो संख्यामा चिनियाँ सैन्य विमान प्रवेश गरेसँगै ताइवानका रक्षामन्त्रीले यस्तो बताएका हुन् । ताइवानले आफूलाई सार्वभौम मुलुक भएको दाबी गर्दै आएको छ । यद्यपि चीनले भने ताइवान आफ्नो एउटा प्रान्त रहेको बताउँदै आएको छ ।

चीनले ताइवानलाई आफ्नो नियन्त्रणमा ल्याउन सैन्य शक्तिको प्रयोग गर्न सक्ने आँकलन पनि गरिएको छ । ‘चीनसँग अहिले क्षमता छ तर उसले सजिलै युद्ध भने शुरु गर्दैन, यसको लागि धेरै कुरामा विचार गर्नुपर्छ,’ चिउ कुओ–चेङले भने । यद्यपि के कारणले चीनलाई युद्ध गर्न गाह्रो छ भन्ने खुलाएका भने छैनन् ।

सन् १९४९ मा चीनमा कम्युनिष्टले कब्जा जमाएसँगै ताइवान छुट्टिएको थियो । पछिल्लो समय ताइवान आधिकारिकरुपमा नै चीनसँग छुट्टिने दिशामा अघि बढेसँगै चीनले दबाब बढाउन शुरु गरेको विश्लेषकहरुले बताएका छन् ।

पश्चिमा मुलुकले ताइवानमाथि चीनले अनावश्यक दबाब बढाइरहेको भन्दै आलोचना गर्दै आएका छन् । तर, अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षी सी जिनपिङसँग ताइवान सम्झौता पालना गरेर अघि बढ्ने सहमति भएको बताएका छन् । बाइडन अमेरिकाले लामो समयदेखि लिँदै आएको ‘एक चीन’ नीतिको पक्षमा देखिएका छन् । जसअनुसार अमेरिकाले ताइवानलाई चीनको रुपमा बुझ्नेछ । एजेन्सीहरु बाट लिएको समाचार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x