१० आश्विन २०८३, शनिबार

चैत्र २० गते देखि रोजा (व्रत) बस्ने राष्ट्रीय मदरसा संघ

एसीपी संवाददाता

१९ चैत्र २०७८, शनिबार १५:४६ मा प्रकाशित

कपिलवस्तु, चैत्र १९

मुस्लिम धर्मावलंबीहरुको पवित्र महिना रमजान चैत्र २० गते देखि शुरु हुदै छ भन्ने जानकारी राष्ट्रीय मदरसा संघ नेपालले प्रेस विज्ञप्ति जारि गरेको बताएको छ।
पवित्र महिना रमजानमा मुस्लिम धर्मावलंबीहरु रमजान महिनाको १ गते देखि २९/३० गते सम्मा रोजा (व्रत) बसी इबादत (अल्लाह संग प्रार्थना) र आफुले गरेको गल्तीहरुको पश्चाताप गरि क्षमायाचना अल्लाह संग मांग्ने गर्छन। साथ साथै गरिब परिवारहरुमा दान दक्षिणा (सदका जकात) समेत वितरण गर्छन।
जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरको रमजान महिनामा रोजा (व्रत) बस्ने समयसरणी अनुसार यसपालि लगभग १४ घण्टा निराजल व्रत राख्नु पर्छ।
छिमेकी मित्र राष्ट्र भारतको बिभिन्न‌‌ शहरमा रमजान महिनाको चन्द्रदोदय देखिएको कारणले नेपालमा पनि चैत्र १९ गते तराबिह नमाज पढ़ने र चैत्र २० गते देखि व्रत बस्ने जानकारी राष्ट्रीय मदरसा संघ नेपालले दिएको छ।
राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा अब्दुल गनी अलकुफी अनुसार यसपाली नेपालमा कोभिड१९ महामारी न्युन रहेको कारणले धार्मिक स्थलहरु खुल्ला रहेको छ। यो पवित्र महिना रमजानको इबादत (प्रार्थना) गर्नको लागि मस्जिदमा पुगी बढ़ी बन्दा बढ़ी इबादत गर्नको लागि अनुरोध गर्दै पवित्र महिना रमजानको मुबारक बाद समेत दिएका छन।
पवित्र रमजान महिनामा इबादत गर्नाका साथ साथै आआफुले बर्ष भरि कमाएको हलाल रुपयामा २.५% जकात (दान) दिई गरिब परिवारहरुको सहयोग गर्ने र यो बर्ष मस्जिदहरुमै पुगी तराबिह नमाज पढ़ने र अन्य इबादतहरु (प्रार्थना) गर्ने आग्रह राष्ट्रीय मदरसा संघ नेपालको महासचिव मौलाना मशहुद खां नेपालीले बताएका छन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x