१३ असार २०८३, शनिबार

चौलागाईंको अध्यक्षतामा समाजको नयाँ कार्यसमिती चयन

एसीपी संवाददाता

२५ पुष २०७७, शनिबार १७:३६ मा प्रकाशित

नेपालगन्ज । नेपालगन्जमा एक दशकदेखि क्रियाशिल साहित्यिक संस्था मध्यपश्चिम स्रष्टा समाजको नयाँ कार्यसमिती चयन गरिएको छ । शनिवार नेपालगन्जमा सम्पन्न चौथो साधारण सभाले शुक्रऋषि चौलागाईंको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

कार्यसमितिको सदस्यहरुमा अमृत शर्मा ढकाल, वीरेन्द्र जैसी, छत्रपति सिंह, ललिता शर्मा, बालकृष्ण शर्मा, विनोद प्रसाद देवकोटा, प्रकाश भाट र अश्मिता शाह महत्रा चयन भएका छन् । संस्थाको विधान अनुसार निर्वाचित सदस्यहरुबाट पदहरुको बाँडफाँड कार्यसमितिको पहिलो बैठकले गर्ने संस्थाका निवर्तमान अध्यक्ष सृजन लम्सालले जानकारी दिए ।

२०६४ सालमा स्थापना भएको समाजको हालसम्मको कार्यकाल लम्सालले नै सम्हाल्दै आएका थिए । संस्थालाई गतिशीलता प्रदान गर्न चौथो साधारण सभाबाट नेतृत्व युवा पुस्तामा हस्तान्तरण गरिएको लम्सालले बताए । नवनिर्वाचित अध्यक्ष चौलागाईंले संस्थाको हालसम्मको गरिमा बचाउँदै समानुकुल संस्थालाई गतिशीलता प्रदान गर्न कटिबद्ध रहेको बताएका छन् । वरिष्ठ साहित्यकार सनत रेग्मीको प्रमुख आथित्यतामा सम्पन्न साधारण सभाको उद्घाटन सत्रमा अध्यक्ष लम्सालले संस्थाले हालसम्म गरेका कामहरुको बारेमा र सचिव अमृत शर्मा ढकालले आगामी कार्ययोजनावारे प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले एक दशकको अवधिमा स्तरीय कृति प्रकाशनका साथै गुणस्तरीय र प्रभावकारी साहित्यिक कार्यक्रमहरु गरेको कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै साहित्यकारहरुले प्रेम प्रकाश मल्लको अभिनन्दन ग्रन्थ ‘पीडाको सगरमाथा’, सनत रेग्मीको अभिनन्दन ग्रन्थ ‘सृजन सन्दर्भ’, नेपालगन्जको इतिहास समेटिएको पुस्तक ‘सद्भावको शहर नेपालगन्ज’ र ‘सृजना’ साहित्यीक पत्रिका समाजले प्रकाशन गरेका महत्वपूणर् कृतिको रुपमा औँल्याएका छन् । कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार रेग्मीले मध्यपश्चिम स्रष्टा समाजले बाँकेमा साहित्यीक उन्नयनमा पुर्‍याएको योगदानको तारिफ गरे ।

रेग्मीले उद्घाटन सत्रमै हजुरबुवा र हजुरआमा, मातापिता र आफ्नो दम्पत्तिको नाममा तीनवटा पुरस्कार स्थापना गर्ने घोषणा गर्दै तीनवटै पुरस्कार व्यवस्थापनको जिम्मा मध्यपश्चिम स्रष्टा समाजलाई दिईने जानकारी दिएका छन् । अधिवेसन सँगै सभामा रचना वाचनको कार्यक्रम पनि राखिएको थियो । उक्त कार्यक्रममा १ दर्जन स्रष्टाहरुले आफ्ना रचना वाचन गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x