जनमत पार्टीको केन्द्रिय समितिको निर्णय सार्वजनिक
जनमत पार्टीले आफ्नो धारणा सार्वजनिक गरेको छ । केन्द्रिय कार्य समितिले विभिन्न निर्णय गर्दै आन्दोलन देखि उम्मेदवारको नाम संकलन गर्ने निर्णय गरेको हो । जनमत पार्टी केन्द्रिय अध्यक्ष बैज्ञानिक डा . सिके राउत को अध्यक्षता बसेको बैठकले अनलाइन भर्चुअलको माध्यमले निर्णय गरेको हो । केन्द्रीय कार्यकारिणी समितिको अनलाइन बैठकले तपसिल बमोजिमका निर्णयहरू गरेको एसीपिन्युज सङ कुरा गर्दै केन्द्रिय सदस्य मो. ईरफान शेखले जानकारी दिएका छ्न ।
१. उम्मेदबारको *सिफारिश गर्ने अन्तिम मिति २०७८/११/३०* सम्म बढाउने निर्णय गरेको छ। सो पश्चात् प्राप्त सिफारिशहरू स्वीकार भए नभएको दाबी गर्न पाइने छैन।
२. किसान आन्दोलनका कार्यक्रमहरू २०७८ फाल्गुन २० गतेसम्म रहेकोमा सो कार्यक्रमहरूलाई भव्यताका साथ सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण नेता, कार्यकर्ता तथा जनतालाई धन्यवाद ज्ञापन गर्दछौं। किसान आन्दोलनलाई निरन्तरता दिँदै २०७८ चैत्र ५ गतेपछि (होली पर्वपछि) को लागि आन्दोलनका थप कार्यक्रमहरू घोषणा गरिनेछ। साथै, सो आन्दोलनको लागि तैयार रहन सम्पूर्ण जिल्ला तथा स्थानीय समितिहरूलाई अनुरोध छ।
३. जनमत माटो यात्रालाई बाँकी रहे
का जिल्लाहरूमा निरन्तरता दिइनेछ। सोको लागि आवश्यक छलफल सम्बन्धित जिल्लासँग गरेर कार्यक्रम तोकिनेछ।
४. निर्वाचन केन्द्रिय प्रशिक्षणका कार्यक्रमहरू स्थानीय तहसम्मै चलाउने र सोको जिम्मेबारी जिल्ला कार्यकारिणी समितिलाई दिइनेछ। जिल्ला कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरूले जिम्मेबारी बाँडफाँड गरेर सो कार्य पूरा गर्नेछ।


